मस्जिदमा भएको आत्मघाती हमलामा २७ को मृत्यु

मस्जिदमा भएको आत्मघाती हमलामा २७ को मृत्यु

afgan-shiya-mosqueएजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा पनि २७ जना मारिएका छन् । काबुलस्थित शिया मुस्लिमको मस्जिदमा एक व्यक्तिले आत्मघाती बम हमला गरेका थिए । 

काबुलको बाकुर उल उलम मस्जिदमा भएको सो हमलामा ३५ जना घाइते भएका छन् । पैदल हिँडेर आएका आत्मघाती हमलाकारी मस्जिदमा छिरेर सो हमला गरेको अधिकारीहरुले जनाएका छन् ।

यो समाचार तयार पार्दासम्म आक्रमणको कुनै पनि संगठनले जिम्मेदवारी लिएको छैन । तर अफगानिस्तानमा साम्प्रदायिक हमलाकारीले यसप्रकारको आक्रमण गर्दै आएका छन् । 

मस्जिदमा नमाज पढिरहेको समयमा आत्मघाती हमला भएको हो । मस्जिदमा गरिएको आत्मघाती हमलामा परी मारिनेमध्ये केही बालबालिका समेत रहेका छन् ।

अफगानिस्तानमा शिया मुसलमानको १५ प्रतिशत जनसंख्या रहेको छ । पछिल्ला केही महिनामा मात्रै अफगानिस्तानमा शिया समूदायलाई लक्षित गरी तीन पटक शक्तिशाली आक्रमण भइसकेको छ । 

गत अक्टोबरमा काबुलमा नै बन्दुक आक्रमण भएको थियो भने जुलाई शिया मुस्लिमको प्रदर्शनका क्रममा भएको आक्रमणमा जुलाईमा ८० जनाको मृत्यु भएको थियो । आक्रमणमा सुन्नी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस) को संलग्नता रहेको अधिकारीहरुको दाबी छ ।