चीनमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सफल भए पश्चात त्यहाँ किसान र सर्वहारा वर्गको राज्यसत्ता स्थापित भयो । यो राज्यसत्ता स्थापिंत हुन नदिने वैदेशिक साम्राज्यवादी र देशीये सामन्तवादी पाराजित भए । त्यो क्रान्ति पछि चिनियाँ कम्युनिष्ट पार्टी समाजवादी राज्य बनाउनको लागि तदनुकुल निर्माण तथा विकास कार्यमा जुटनथाल्यो ।
त्यसले आफ्नो सम्पूर्ण शाक्तिलाई उत्पादन वृद्धि, पूँजीनिर्माण, विज्ञान र प्रविधिको विकास, उद्योग–कारखानाको स्थापना, रेल र सडकमार्गको निर्माण, शिक्षा स्वाथ्य, विद्युत, सञ्चार आदि क्षेत्रहरुको विकास र विस्तार गर्न थाल्यो । त्यसपछि ती ‘पराजित’ वैरीहरुको निन्द्रा भङ्ग हुनथाल्यो । तिनका हित र स्वार्थहरु कुण्ठित हुनथालेकोले ती समाजवादी अभियानमा व्यवधान खडा गर्न र क्रान्तिलाई उल्टायाउन आन्तरिकरुपले चल्मलाउन थाले ।
त्यसरी चल्मलाउने वर्ग पार्टीभित्र छद्मरुपमा घुस्न सफल माथिल्लो पदका अवसरवादी नेताहरु समेत थिए । ठिक त्यसै बेला चिनिया कम्युनिष्ट पार्टीको ११ औं विस्तारित अधिवेशनले सन् १९६६ अक्टोबारमा तिनका विरुद्ध महान सांस्कृतिक क्रान्तिको थालनी गर्ने निर्णय लियो । त्यो क्रान्ति चिनिया समाजका शोषित र उत्पीडित वर्गको पक्षको तथा शोषक वर्ग र त्यस वर्गको मालिकको विपक्षको आँधीवेहरी थियो ।
त्यो क्रान्ति पूँजीवादी, सामन्तवादी, दक्षिणपथी, संशोधनवादी, साम्राज्यवादी प्रतिकृयावादी, प्रतिक्रान्तिकारी, जनदुश्मन ल्यू शाओची, तेङसाओपिङ र उसका तमाम पिछलागु आदिलाई निस्तेज तथा पराजित गर्न मात्र उन्मुख थिएन, यो त पुराना विचार, संस्कार, रीतिरिवाज मान्ने निम्न पूँजीवादी, मध्यपन्थी, ढुलमुल, अवसारवादी यावत मानिसका असङ्गत विचार र दुष्टिकोणहरुलाई निराकारण वा न्यूनीकारण वा परिमार्जन गर्न समेत उन्मुख थियो ।
अर्को शब्दमा ती अमित्रहरुलाई जनता र क्रान्तिको विरुद्ध दुष्र्कर्म गर्न नदिन पार्टी, नेता, सेना स्वयम अध्यक्ष माओ निर्ममतापूर्वक लडे र चिनिया क्रान्तिको किशोर जनवादलाई बचाए । पार्टीको सन १९६९ को नवौं महाधिवेशनले लिन पिआयोलाई माओको उत्तराधिकारी बनाउने निर्णयको विरोध गर्दै सांस्कृतिक व्रmान्तिको पूरा समर्थन गर्दै त्यस लाई अघि बढाउन निर्णय ग¥यो ।
पार्टीको उच्च पदस्त नेता तङ साओ पिङमा पार्टी नीतिप्रति शत्रुतापूर्ण प्रवृत्ति देखिएको हुँदा उनलाई कार्वाही गरियो । तङ र यी दुवै दक्षिणपन्थी थिए भने लिन प्याओ अवसरवादी र षड्यन्त्रकारी उनले माओलाई हत्या गरी आफू अध्यक्ष पदमा विराजमान हुने षड्यन्त्र गरेको कुरा उनकै छोरीद्वारा पर्दाफास भएर माओको ज्यान बचेको र लिन प्याओ यही हीनताबोधले ग्रस्त भै हराएको कुरा त्यो पङ्क्तिकारले पढेको हो ।
चिनियाँ क्रान्तिका सबैखाले विपक्षीहरुले रक्तपातपूर्ण सांस्कृतिक क्रान्तिले जनताका मौलिक अधिकार, निर्दोष नागारिक, क्रान्तिका शुभचिन्तक–समर्थक, देशका भौतिक संरचना, ऐतिहासिक र सांस्कृतिक सम्पत्तिहरु आदि विनाश ग¥यो भनेर आरोप लगाएता पनि त्यस क्रान्तिका केही सकारात्मक विशेषताहरु पनि थिए भनेर आत्मसात नगरेका भने होईनन्, जस्तो कि त्यस क्रान्तिले उत्पादन बढाउने, राष्ट्रिय एकता र सुरक्षा सुदृढ गर्ने, विज्ञान–प्रविधिको विस्तार गर्ने, परराष्ट्र सम्वन्ध बढाउने आदि राम्रा कामहरु गरेको थियो भनेर तिनले मानेका थिए । तर तिनले कम्युनहरुको स्थापना, तिनबाट प्राप्त केही श्रेष्ठ उपलब्धिहरु र अन्य महत्वपूर्ण प्राप्तिहरुबारे मुख खोलेका थिएनन् र केही सत्यहरुलाई छोपेर भ्रम सिर्जना समेत गरेका थिए । विपक्षीहरुद्वारा गरिने यो स्वाभाविक कृयाकलाप थियो ।
त्यहाँ स्थापित श्रमिक र शोषितहरुको जनवादको ‘मार्ग’ र त्यस ‘मार्ग’लाई ‘समाजवादी मार्ग’मा रुपान्तरण गर्ने चिनिया कम्युनिष्ट पार्टीको अभियानमा पूँजीपन्थीहरु ढलिमली गरेर श्रमिक र शोषित ‘पदयात्रीहरु’ लाई त्यस मार्ग’बाट गलहत्याउने तिनको दुस्प्रयाशप्रति श्रमिकहरु कसरी सहनशील र क्षमाशील बन्न सक्थे र ⁄ हो, त्यसै क्रममा केही न्यून ज्यादती भएका भए तिनलाई अस्वाभाविक मानिन्न। हिंड्दा जीव र बेर्नाहरु कुल्चिई मर्न सक्छन्, क्रान्ति तथा आन्दोलन र परिवर्तहरुको बाटो हिंड्दा हिंसा र दबाव हुनसक्छन् ।
सर्वहारा सांस्कृतिक क्रान्तिको दौरानमा अध्यक्ष माओले क्रान्तिका ‘दोस्त र दुश्मन’ चिनेरै व्यवहार गरेका थिए। मानिसहरुका विचार र प्रकृत्तिहरु वुझेरै आवश्यकतानुसार उनले भण्डाफोर, विरोध, सुधार आदिका कार्वाहीहरु गराएका थिए। यो क्रान्ति चलाउँदा जनदिशाबारे पार्टी–सदस्य, जनमुक्तिसेना जस्ता आदि तहलाई सचेष्ट गराउँदै निर्देशन दिएका थिए– ‘जनताबाट लिएर जनतालाई नै फर्काऊ, शिक्षक वन्नु भन्दा पहिले शिष्य बन।’
चीनका पुँजीपन्थी र अवसरवादीहरुलाई तिनको गुमेको ‘स्वर्गीय राज्य’ पुनःस्थापना हुन नदिई श्रमिकहरुकै राज्य कायम गर्न यो साँस्कृतिक क्रान्ति गरिएको हो नि वास्तवमा। शोषक र निरङ्कुश शासकहरलाई विस्थापित गर्दा आन्दोलनकारीहरुले तिनका हितहरुलाई कहाँ हेर्छन् र ? निर्मम नभएर कहाँ नरम हुन्छन् र ?
चीनले नयाँ जनवादी क्रान्ति ग¥यो। नेपालमा भने जनवादी क्रान्ति हुँदा हुँदै नेतृत्वहरुले ‘धर्म छोडे’ र त्यो तुहियो। माओवादी क्रान्ति गर्दा गर्दै साँस्कृतिक क्रान्ति समेत चलाउँन पर्ने थियो, नचलाएकोले नै दीर्घकालीन जनयुद्ध तुहियो।
अब नेकपा क्रा.मा. र त्यो सित सिद्धान्त मिल्ने अरु कम्युनिष्ट पार्टीहरुले क्रान्तिको साथसाथै साँस्कृतिक क्रान्ति चलाउनु जरुरी छ, अन्यथा यिनको पनि अघिल्लो जस्तै अविगत हुने सम्भावना रहन्छ। कम्युनिष्ट आन्दोलनहरुका पाना पल्टाउने हो भने काउत्सकीका विरुद्ध लेनिनले, ट्राटस्कीको विरुद्ध स्तालिनले र तेङको विरुद्ध माओले यस्तै सैद्धान्तिक सघर्ष गरेको होइनन् र ? नेपाली ‘काउत्सकी, ट्राटस्की र तेङ’ को विरुद्ध यहाँ निर्मम सांकृतिक. क्रान्ति हुन नसकेको अनुभूति धेरै माओवादी कम्युनिष्टहरुले गरिरहेका छन्।
तेङ्ले सर्वहारा साँस्कृतिक क्रान्ति र पार्टी नीतिको विरोध गर्दा चीनमा लाखौ जनताको विरोध जुलुस निस्की उनीमाथि कार्वाहीको माग भएको थियोे सन् १९७५ तिर । भन्न त त्यस वृहत जुलुसलाई पार्टीको प्रायोजित विरोध भनि लाञ्छना लगाइएको थियो तर व्यसो नभएर त्यो जनताको स्वतस्फूर्त आन्दोलन थियो।
आफू विरुद्ध साँस्कृतिक क्रान्ति तथा नेता– कार्यकताहकरुको सशक्त विरोधको संभावना नदेखेरै मन मोहन अधिकारीले (२०१२) साम्यवादको आधारभूत मान्यताको विपरीत शान्तिपूर्ण सङघर्ष र वैधानिक राजतन्त्रलाई अङ्गिकार गरे। २०१४ मा कार्यदिशा पुष्पलालको नेतृत्व केशरजङ्ग रायमाझीको रह्यो जो वफादार राजवादी थिए। राजतन्त्रको विरुद्ध प्रजातन्त्रसँग एकता गर्ने पुष्पलालको नीति स्वीकृत र रायमाझीको शान्तिपूर्ण सङघर्षको अस्वीकृत भए ? राम्रो त भयो तर उनलाई कम्युनिष्ट आन्दोलनको धोकेवाज भनेर दृढ वैचारिक सङघर्ष हुन सकेन।
पुष्पलालको ‘जनवादी कार्यक्रम’ अल्पमत र तुलसीलालको ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ वहुमतमा हुने विडम्वनाको स्थिति पनि आयो। यसलाई सच्चा कम्युनिषहरुले, नेता र कार्यकर्ताले उल्टाउन सकेनन्। २०२५ मा कोअर्डिनेशन कमिटी (माले) गठन भएर मालेमावाद सशक्त वनाउन सफल (माले) पार्टी आशाको केन्द्र देखिएपनि ‘वर्गशत्रु खतम’ का अवस्तुगत नीति प्रयोगमा ल्याउँदा त्यसलाई नियन्त्रण गर्ने कोहि भएन।
२०२८ मा मोहन विक्रमले छरिएका सवै कम्युनिष्ट शक्तिलाई एकत्रित गरी पार्टीको राजनीतिक कार्य दिशा ‘जनवादी क्रान्ति’ दिन सकेपनि ‘देशमभक्त र जनतान्त्रिक शक्तिको सरकार’ जस्तो अस्पष्ट र भ्रमात्मक न्यूनतम कार्यक्रम दिइ, झापाली समूहलाई ‘उग्रवामपन्थी’ र पुष्पलाललाई ‘गद्दार पुष्पलाल’ जस्तो मनोगत लाञ्छना लगाएर नकाम गरे। समय क्रममा उनी नैतिक विचलनका शिकार पनि बने। राजनीतिक र नैतिक दुवै विचलन हुँदा पनि उनले कठोर कार्वाही भोग्न परेन। पञ्चायत परस्तताको आरोप लागेका निर्मल लामाले सानो कार्वाही सहन परेपनि ‘चौम’ खोलेर उनी महामन्त्री बन्न सफल रहे।
मोहन विक्रमले ‘मशाल’ मा फुट ल्याई मसाल बनाएर तर उनको विरुद्ध वैचारिक मसाल बाल्ने काम भएन। धेरै वर्षसम्म नेपाली राजनीतिमा ‘मोटो मशाल र पातलो मसाल’ हास्य–व्यङ्ग्यको खुराक बनिरह्यो। २०४६ मा आएर मनमोहन गणतन्त्रको बाटोमा नहिडी संवैधानिक राजतन्त्रको बाटोमै हिँडे । सर्वहारा कम्युनिष्ट विचारधाराबाट यसरी नेताहरु पतन हुँदा पनि तिनका विरुद्ध निर्मम वैचारिक विरोध तथा साँस्कृतिक सङघर्ष हुन सकेन। यी दिन सच्चा र सर्वहारा कम्युनिष्ट नेताहरु चीनको वर्गसङघर्ष र अन्तविरोधहरुबाट विज्ञ भएतापनि आनो देशका कम्युनिष्ट पार्टीहरुमा संशोधनवादीहरुसँग कठोर सङघर्ष चलाउन अनविज्ञ रहे।
सही कार्यदिशा र गलत कार्यदिशावीच ¨न्¨, दुवै खालको विजय एवं पराजय, फुट र विभाजन, सर्वहारा चिन्तन र सिद्धान्तदेखि पलाएन आदि उथलपुथल र आरोह–अवरोहको क्रममा मशाल, चौम र सर्वहारा श्रमिक संगठन कम्युनिष्ट पार्टीवीच उल्लेखनीय र ऐतिहासिक पार्टी एकीकरण (२०४८) भयो र नेकपा एकता केन्द्र जन्मियो। यसको एकता महाधिवेशनमा पार्टीको पथप्रदर्शक सिद्धान्तमा मालेमावाद र राजनीतिक कार्यदिशामा नयाँ जनवारी क्रान्तिको लागि दीर्घकालीन जनयुद्ध गर्ने निर्णय भयो। २०५२मा जनयुद्ध थालनी भइ त्यो घरि आक्रामक घरि रक्षात्मक अवस्थाबाट गुज्रदै जाँदा नयाँ जनवाद प्राप्तिको सङ्घर्षबाट भाग्दै प्रजातन्त्र (संसदीय) को पोल्टामा आत्मसमर्पित भयो र श्रमिक जनताको आशा तथा अपेक्षामाथि कुठाराघात ग¥यो। यो कुठाराघातको विरुद्ध किसान र ज्यामी खै ⁄ राँको बालेर उठेको ?
वामपन्थको चुचुरोमै पुगेका जनताको भरोसाका स्तम्भहरु राम वहादुर थापामगर, देव गुरुङ्ग, पम्फा भुसाल आदि नेताहरु जनयुद्ध चल्दा वनमा अपेरा हेरेर रोएका थिएँ, आज ती दक्षिणपन्थको भडखारोमा कसरी खस्न पुगे ? ‘सन्नावगैचा’ को रामवहादुरजीको जोशिलो भाषणको क्यासेटले आज उनलाई झस्काउदैन ? मुक्तिको सपना वाँड्दै झोप्राक र अल्काटार पुगेको देव गुरुङ्गलाई आनै ‘राजनीतिक ल्कास’ ले चिमोटदैन ? महिला स्वाधीनताको निम्ति विश्वास अर्पण गर्दै तुलसीपुर र खलङ्गा चाहारेकी पम्फा भुसाललाई उनको भाषणले तर्साउँदैन ? यिनीहरुको सातो काड्दै सर्वहारा साँस्कृतिक क्रान्ति खै आँघीवेहेरी भएर मडारिएको? पार्टी पङ्क्तिको मात्र खबरदारीलाई त यिनले यसै ठेलिदिन्छन्, यिनलाई त जनताको वृहत खवरदारीले अँचेट्नुपर्छ ।
साँस्कृतिक क्रान्तिको तीर नेकपा क्रा.मा.तिर पनि सोझ्याएर भन्नुपर्छ–‘नेताहरु हो ⁄ तिमीहरु पाक्नू तर कहिल्यै नकुहिनू ।’ एकातिर पार्टी र नेतृत्वमा यस्तो विचलन, विघटन फूट र अविश्वास व्याप्त छ भने अर्कोतिर बुद्धिजीवी र कार्यकर्ताहरुको जीवनशैली र विचार व्यवहार र चिन्तन सर्वहारावादी हुनुपर्नेमा अहं र विलास, सामन्तवादी र पुरातनपन्थी, पुँजीवादी र बुद्धिवादी विचारले ग्रस्त छ।
यी सवै गैह्र कम्युनिष्ट प्रवृत्तिको विरुद्ध एउटा सशक्त साँस्कृतिक क्रान्तिको खाँचो छ । अरु सबै खाले आन्दोलन तथा सङ्घर्षहरुलाई निरन्तर राखेर श्रमिक र किसानहरुले साँस्कृतिक क्रान्तिको आँधी उठाएर आफ्नाे नो पार्टी र समुदाय भित्रका नेपाली काउत्सकी, ट्राटस्की, तेङ आदिलाई वढार्नुपर्छ तर ‘फेङ’ लाई सप्रिने मौका दिनुपर्छ र निम्नपुँजीपन्थीहरुलाई पनि औंलो ठड्याउनु पर्छ । म मेरा निम्नपुँजीपन्थी विचारहरुको नाकैमा अहिल्यै औलो ठड्याउँछु।