biplab-prakandaकाठमाडौं । पार्टी र विद्यार्थी संगठनभित्र सेटिङ मिलाएर भित्री रुपमा आर्थिक उपार्जन गरेको आरोप खेप्दै आएका विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विप्लवलगायत नेताहरुलाई थर्काएरै आफ्ना मान्छेलाई यथावत स्थानमा धमौती गर्न सफल भएका छन् ।

प्रकाण्डका मान्छेले अचाक्ली रुपमा चन्दा आतंक मच्चाएपछि उनीहरुको कार्यक्षेत्र परिवर्तन गर्न खोजिएको थियो । तथापि प्रकाण्डले आफ्ना मान्छेलाई कुनै हालतमा सरुवा गर्न नहुने भन्दै विप्लवलगायतलाइए धम्क्याएपछि उठौती/पुठौती गरेर खल्ती भरेकाहरु चन्दा आतंक मच्चाउन थप अधिकारप्राप्त भएका छन् ।

स्रोतका अनुसार विद्यार्थी संगठनका केहीले पार्टीको बदनाम गरे पनि प्रकाण्डले उनीहरुको चर्को बचाउ गरेका छन् । कतिसम् मभने प्रकाण्डले बदनाम कहलिएकाहरुको ढाकछोप गर्दै उनीहरुको कार्यक्षेत्र परिवर्तन गरिए जे सुकै गर्न सक्ने धम्की विप्लवलाई दिएका छन् ।

यत्तिका हाइट भएका नेताले बदनाम च्याप्दै पार्टी फोड्ने सम्मको धम्की दिइपछि क्रान्ति गर्ने भन्दै विप्लवको पछि लागेकाहरु इो घटनापछि अचम्मित हुन पुगेका छन् ।

स्रोतका अनुसार पार्टीको बदनाम गर्दै कमाउ धन्दामा लागेका विद्यार्थीका उपत्यका इन्चार्जलगायत विद्यार्थीलाई कारबाही गर्ने पक्षमा देखिएका विद्यार्थी फ्याक्सन इन्चार्ज कृष्ण अधिकारी समेत प्रकाण्डको फेला परेका छन् ।

स्रोतका अनुसार प्रकाण्डले अधिकारीलाई लोकेश विकलगायतको कार्यक्षेत्र किन परिवर्तन गर्न लागेको ?’ भन्दै धम्क्याएका थिए । यसरी प्रकाण्डले चौतर्फी सातो लिदै बदनामहरुको पक्ष लिन थालेपछि विप्लवको विद्यार्थी संगठनलगायतमा असन्तुष्टि ह्वात्तै बढेको छ ।

सीटीईभीटीबाट सम्बन्धन प्राप्त एक कलेजबाट दशैंअघि चन्दाबापत १ लाख ५० हजार लिएर खल्ती भरेको पुष्टि भइसकेकी सुनिता बमदेखि, लोकेश विक, चिरन्जीवी ढकाल, टंक जोशी, नविन केसी, प्रकाश अधिकारीलगायत कारबाहीबाट जोगिएपछि विप्लवका कार्यकर्ताले भन्न थालेका छन्– धान खाने मुसा चोट पाउने भ्यागुतो ? आजको साँघु साप्ताहिकबाट 

प्रतिक्रिया

सम्बन्धित खवर