हेर्नुहोस्, देजमोको कहाँ कहाँ बन्यो संगठन ?

हेर्नुहोस्, देजमोको कहाँ कहाँ बन्यो संगठन ?

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको देशभर संगठन विस्तार अभियान जारी रहेको छ ।

मोर्चा गठनको छोटो समयमा नै देशका विभिन्न जिल्लामा संगठन विस्तार गर्न सफल भएको मोर्चाले थप जिल्लामा पनि आफ्नो संगठन विस्तार गरेको छ । संगठन विस्तारका क्रममा विभिन्न राज्य तथा जिल्लामा नयाँ समिति गठन भएको छ ।

सेमको संयोजकमा तपेन्द्र भण्डारी

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको सेती–महाकाली राज्य समन्वय समिति संयोजकमा मोर्चाका केन्द्रीय सदस्य समेत रहेका तपेन्द्र भण्डारी चयन भएका छन् ।

मोर्चाको सेती–महाकाली राज्य समन्वय समिति सदस्यहरुमा हजारी चन्द, कमला ठगुन्ना, टिकाराम ओड, जयबहादुर धामी, लक्ष्मी जोशी, चक्र पार्की, किरण सेठी, जितेन्द्र स्वनाम, चन्द्र थापा, कृष्ण श्रेष्ठ, कृष्णप्रसाद जैसी, रमेशलगायत रहेका छन् । 

बैतडी जिल्ला संयोजकमा हजारी चन्द

हजारी चन्दको संयोजकत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बैतडी जिल्ला समितिको गठन गरिएको छ । सो समितिको सहसंयोजकमा कमला ठगुन्ना, सचिवमा टिकाराम लोहार, सदस्यहरुमा रानी दयाल, लक्ष्मण ओड, आनन्द टमटा, कोकिला टमटा, इश्वरी ओड, माया लोहार, विश्राम कोली, दुर्गा कोली, रश्मी ओड, विष्णा ओडलगायत रहेका छन् । 

बझाङमा जयबहादुर धामी 
यस्तै जयबहादुर धामीको संयोजकत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बझाङको १५ सदस्सीय जिल्ला समिति गठन गरिएको छ । समितिको सचिवमा रविन्द्र मल्ल, सदस्यहरुमा शंकर बोहरा, धर्मानन्द नाथ, भरतबहादुर धामी, मानबहादुर बोहरा, जनकराज भट्टलगायत रहेका छन् ।

धनुषा संयोजकमा नन्दकुमार झा
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल धनुषा जिल्ला समिति गठन गरिएको छ । मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा मिथिला राज्य समन्वय समितिका संयोजक रोशन जनकपुरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नन्दकुमार झाको संयोजकत्वमा ११ सदस्यीय धनुषा जिल्ला भेला आयोजक समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा विश्वेश्वर यादव, तिरपित महरा, नागेश्वर चौधरी, गोविन्द मुखिया, झमक बहादुर, भिमकुमारी परियार, जाहिदा खातुन, दुखहरण साहलगायत रहेका छन् ।

मंसिर १० गते नेकपा (क्रान्तिकारी माओवादी) ले जनकपुरको जनक चोकमा आयोजना गर्ने विरोध प्रदर्शनमा मोर्चाको तर्फबाट सक्रिय सहभागिता जनाउनुका साथै प्रभावकारी बनाउन व्यापक रुपमा लाग्ने निर्णय समेत गरेको छ ।

सो भेलामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार शितल कर्ण, जिल्ला पार्टी सचिव खेमराज यादवको पनि सहभागिता रहेको थियो ।

डडेलधुरामा चक्र पार्की

यसैबीच देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको डडेलधुरामा चक्र पार्कीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन भएको छ । समितिको सचिवमा डीएस भण्डारी, सदस्यहरुमा नरबहादुर लोहार, कल्याण लोहार, रामबहादुर ऐर, पार्वती टमटा, वीरबहादुर बोहरालगायत रहेका छन् ।

कृष्ण श्रेष्ठको संयोजकत्वमा डोटी जिल्ला समिति

यस्तै डोटीमा कृष्ण श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समिति गठन भएको छ । समितिको सचिवमा दिलीप नेपाली र सदस्यहरुमा सुरज श्रेष्ठ, अनिल श्रेष्ठ, मदन श्रेष्ठ, जनक खड्का, योगेन्द्र बोगटी, लक्ष्मण भट्ट, सरला केसी, पवित्रा श्रेष्ठ, संजिव श्रेष्ठ रहेका छन् ।

मोर्चाले पश्चिम नेपालका बाजुरा, अछाम, दार्चुलालगायत देशैभर आफ्नो संगठन निर्माणको कार्य तीव्र रुपमा अघि बढिरहेको जनाएको छ । मोर्चामा देशभरका उत्साहजनक सहभागिता रहेको छ ।