काठमाडौं । चेल्सी इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
मिडिल्सब्रोलाई हराउँदै चेल्सी स्पष्ट अंकसहित लिगको शीर्ष स्थानमा पुगेको हो ।
आइतबार राती मिडिल्सब्रोको मैदानमा भएको खेलमा चेल्सी १–० ले विजयी भयो । खेलमा चेल्सीलाई विजयी गराउन ४१ औं मिनेटमा डिएगो कोष्टाले गरेको गोल निर्णायक बन्यो ।
यो जितपछि चेल्सीले अंक तालिकामा शीर्ष स्थानको लिरभपुललाई उछिनेको छ । चेल्सीको १२ खेलबाट २८ अंक भएको छ । समान खेलबाट २७ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।
समान २७ अंक भएपनि गोल अन्तरको आधारमा म्यान्चेस्टर सिटी तेस्रो स्थानमा धकेलिएको छ । चौथो स्थानको आर्सनलको २५ अंक छ भने २४ अंकको साथ टोटनह्याम हट्सपर पाँचौ स्थानमा छ ।