एजेन्सी । भारतमा पाँच सय र १ हजार दरका नोट बन्द गर्ने सरकारी निर्णयको स्वागत गर्दै योग गुरु रामदेवले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ड्रग माफिया, आतंकवादी र अन्य आर्थिक अपराधीबाट खतरा रहेको बताएका छन् ।
रामदेवले सरकारलाई सहयोग गर्न र केही दिनको दुःख सहन समेत आग्रह गरेका छन् । बडोदरा विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले नोट बन्द गरेर सरकारले भ्रष्टाचार, कालोधन, आतंकवाद जाली मुद्राको कारोबारलाई झट्का दिएको उल्लेख गरे ।
उनले भने, ‘यस कदमबाट अब मोदीलाई ड्रग माफिया, आतंकवादी र आर्थिक अपराधिबाट ज्यानको खतरा रहेको छ ।’