एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले दुई जना कट्टर रिपब्लिकन नेतालाई आफ्नो कार्यकालमा महत्वपूर्ण पदमा काम गर्नका लागि चयन गरेका छन् ।
उनले अलबामाका सिनेटर जेफ सेसन्सलाई अटर्नी जनरलको पदमा नियुक्त गरेका छन् । उनी विश्वस्तरका कानुनी जानकार मानिन्छन् । सन् १०८० मा रंगभेदी टिप्पणीका कारण काँग्रेसले संघीय न्यायधीस बनाउन अस्वीकार गरेको थियो ।
यसैगरीट्रिम्पले ककसदेखि टी पार्टी मुभमेन्टसँग जोडिएका माइक पोंपेयलाई गप्तचर संस्था सीआईएको अध्यक्षमा नियुक्त गरेका छन् । यसअघि उनले राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा सेवा निवृत्त जनरल माइकल फ्लिनलाई नियुक्त गरेका छन् ।