३० डलरमा दिनुपर्यो २५०० डलरको ल्यापटप

३० डलरमा दिनुपर्यो २५०० डलरको ल्यापटप

dell-lap-shopकाठमाडौं । मेक्सिकोका अधिकारीहरुले आफ्नो विज्ञापनमा भनिएको बाचा पुरा गर्न कम्प्युटर कम्पनी डेललाई आदेश दिएका छन्, जुन गल्तीले अनलाइनमा प्रकाशित भएको थियो ।

यो विज्ञापनका अनुसार कम्पनीले भनेको थियो कि राम्रो ल्यापटप लगभग ३० डलरमा किन्न सकिनेछ ।

जब यो अमेरिकी कम्पनी डेललाई आफ्नो विज्ञापनमा भएको यो गल्तीको महसुस भयो, उसले तत्काल विज्ञापन नै फिर्ता लियो र अडर गर्ने उपभोक्ताहरुलाई उनीहरुको पैसा फिर्ता गर्ने प्रतिवद्धता जनायो ।

तर, उपभोक्ताले मेक्सिकाको उपभोक्ता एजेन्सीमा उजुरी गरे, जसले उनीहरुलाई नै समर्थन गरेको छ ।

३० डलरमा दिने भनिएको ल्यापटपको मूल्य २५०० डलर पर्छ । डेलले सफ्टवेयरको गडबडीका कारण विज्ञापनको मूल्यको ठाउँमा शपिङको खर्च मात्र छापिएको जनाएको थियो ।