संस्मरण : भाषण र गोली एकैसाथ

संस्मरण : भाषण र गोली एकैसाथ

kkkk

२०५६ सालको कुरा हो । माघको तेस्रो साता बित्दै थियो । गते मलाई ठ्याक्कै यकिन भएन अहिले । भित्रीमदेशको एउटा मनोरम गाउँ । स्वाभिमानी किसानहरूको बस्ती । गर्मीयामले जमिनमा स्पर्श गरिसकेको थियो । बिहान बेलुकाको मौसम न्यानो भएता पनि दिउँसोको चर्को घामले पोल्थ्यो । वसन्त ऋतुले आफ्नो यौवनावस्था फक्राउँदै थियो । हरिया पल्लवहरूसँगै बढ्दै गरेको चराचुरुङ्गीहरूको उन्मुक्त सङ्गीतले वातावरण गुञ्जायमान भइरहेको थियो । हामी प्रकृतिको यो मनोरम दृश्यसँग अङ्कमाल गरिरहेका थियौँ । अर्थात् हाम्रो बसाई प्रकृतिको यो सुन्दर छटासँगै जोडिएको वस्तीमा थियो । त्यो गाउँ थियो पवननगर गाविसको सिराटा । अर्थात् सिस्नेरी रानीटाकुरा ।

हामीले सेल्टर लिएको गाउँबाट तुलसीपुरको सहर नजिकै पथ्र्यो । जहाँ शाहीसेनाका दुईवटा ब्यारेक, अञ्चल प्रहरी कार्यालय, इप्रका, सशस्त्र प्रहरी गुल्मसहितको कारागार रहेका छन् । पुरानो सत्ताको मजबुद फौज रहेको सहर हो यो । यति नजिकैबाट पुरानो सत्तालाई लोप्पा खुवाउँदै हामीले जनयुद्धको रेल कुदाइरहेका थियौँ । जनताको न्यानो साथले नै हामीलाई हौस्याएको थियो । त्यतिवेला मैले यो एरियाको इन्चार्जशिप सम्हालेको थिएँ । तुलसीपुर नगरपालिका सहित टरिगाउँ, उरहरी, हेँकुली पवननगर, हलवार र सल्यानको फलावाङ तथा धनवाङ गाविस यस एरियामा पर्थे ।

हाम्रा विरोधीहरूले भने जस्तो न त हामी जङ्गली थियौँ न त मानव सभ्यताबाट कटेर जङ्गलको आश्रय नै लिनु पथ्र्यो । जनयुद्ध सुरु गरेदेखि हामीले जनताकै घरदैलोमा आश्रय लिइरहेका हुन्थ्यौँ । तथापि पुरानो सत्ताका नजरमा हामी भूमिगत थियौँ । किनकि हामी त्यो सत्ताका विरुद्ध जनताको सत्ता स्थापना गर्न बन्दुक उठाएका थियौँ । बन्दुक सत्ताको अनिवार्य हतियार थियो । संसारका सबै सत्ता बन्दुकले नै अड्याएका छन् । त्यसैले हामीले हाम्रो वर्गको सत्ता ल्याउन बन्दुक नै उठाउने कुरा सत्य थियो । बन्दुक हाम्रो रहर वा ठट्टाको विषय थिएन । सत्ताले हाम्रा आवाज नसुन्न कानमा ठेँटी कोचेको थियो । उसले बन्दुकको भाषा मात्र बुभ्mथ्यो । उसको कानूनले आफ्नो बन्दुकलाई वैध र हाम्रोलाई अवैध करार गरेको थियो । त्यसैले उसको नजरबाट हामी भूमिगत थियौँ । परन्तु जनतासँग भने हामी कहिल्यै भूमिगत भएनौँ । हुनु पनि परेन ।

janayudaहामीले सेल्टर लिएको गाउँमा माओवादीको प्रभाव राम्रै थियो । त्यहाँ मध्यमतहका किसानहरूको बाहुल्यता छ । अक्सर हाम्रो सेल्टर यो गाउँमा भइरहन्थ्यो । यो गाउँमा सङ्गठन पनि रामै्र थियो । युवाहरू प्रायः सबै सङ्गठित थिए । वाइसिएल, महिला, विद्यार्थी र किसान सङ्गठनको प्रवाव राम्रो थियो । पार्टीको एउटा शेल कमिटी पनि थियो । मैले नै पार्टी सदस्यता दिएका साथीहरू थिए ।

कतिपय बाहिर काङ्ग्रेस र एमालेमा सङ्गठित भए पनि उनीहरू भित्रीरूपमा हाम्रो पार्टीका कुनै न कुनै जनवर्गीय सङ्गठनमा आवद्ध थिए । खुल्लारूपमा गतिविधि गर्नुपर्ने भएकाले यसो गरिएको थियो । उनीहरूको काम मौसमी चन्दा सङ्कलन गर्नु, दुश्मनको गतिविधि वाच गर्नु, छापामारहरूको पल्टन आउँदा व्यवस्थापनमा सहयोग गर्नु हुन्थ्यो । जिल्लाको प्रमुख सहर नजिकै भएकाले माओवादीका निम्ति सहरबाट आवश्यक सामान ल्याइदिनु पनि उनीहरूको काम हुन्थ्यो ।

२०५४ को स्थानीय निर्वाचनमा गाविसमा एमालेले जितेको थियो । वडाध्यक्ष निमकान्त भने काँग्रेसको टिकेटबाट जितेका थिए । तर पनि उनी माओवादीका शुभेच्छुक थिए । हामीले कयौँ पटक उनको घरमा पनि सेल्टर लिएका थियौँ । उनले सहरबाट दुश्मनको गतिविधिबारे बेलाबखत सूचना ल्याउँथे । अधिकांश गाउँलेहरूले माओवादीलाई कुनै न कुनै रूपमा सहयोग गरि नै रहन्थे । मैले जनयुद्ध सुरुहुनु पहिला यहि गाउँको हाइस्कूलमा चार वर्ष पढाएको थिएँ । यो गाउँका सबै युवाहरू मेरा विद्यार्थी थिए । हरेक घरका युवाहरू मेरा विद्यार्थी भएकाले अविभावकहरू पनि मप्रति अनुग्रहित थिए । जनयुद्ध सुरु भएपछि म नै इन्चार्ज भएर यहाँ आएँ । पहिला पनि मलाई यस क्षेत्रका मानिसहरूले मशालका मास्टर भनेर चिन्थे । मशाल भएकै कारण काङ्ग्रेसीहरूले शिक्षकबाट अवकाश दिएका थिए । जनयुद्ध शुरु भएको डेढ बर्सपछि त म भूमिगत भएँ ।

कतिपय मानिसहरूमा माओवादीप्रति निकै भय र त्रास थियो । खासमा त्रास जगाइएको थियो । माओवादीहरूले लुट्छन्, पिट्छन्, मार्छन्, जवर्जस्त युवाहरूलाई अपहरण गरेर लैजान्छन् भन्थे । यसरी अनेकौँ कुप्रचार गरेर सामान्य मानिसहरूमा त्रास फैलाइन्थ्यो । यस्ता प्रचारहरू विशेषतः काङ्ग्रेस र एमालेका आपूmलाई हर्ताकर्ता ठान्ने स्थानीय नेताहरूबाट गरिन्थ्यो । गाउँका जमिन्दार र फटाहाहरूले पनि यस्ता कुप्रचार गरेर जनतामा त्रास फैलाउँथे । माओवादीका विरुद्ध सोझासिधा जनतालाई उकास्थे । माओवादी रोल्पा रुकुमका मान्छे मात्रै हुन्छन् भन्ने भ्रम थियो, यहाँका बूढापाकाहरूमा । तर म नै माओवादीको नेता भएर गाउँमै आएपछि धेरै भ्रम हटेको थियो ।

यरियामा एउटा फौजी कारवाही सम्पन्न गर्नु थियो । के कारवाही गर्ने भन्ने योजना निर्माण गर्दै थियौँ । एरिया कमिटीको उपलब्ध एसिएमहरूका बिचमा अनौपचारिक बैठक बस्यो । मौसम एकदमै अनुकूल थियो । एउटा राम्रै कारवाही गर्ने निधो भयो । कारवाहीको तरिका फौजी तर कारबाही भने गैरफौजी चुन्यौँ हामीले ।

त्यसवेला देशैभरि मतदाता नामावली सङ्कलन गर्ने कार्य चलेको थियो । फोटो सहितको मतदाता परिचय पत्र बनाउने उर्दी थियो सरकारको । त्यसैले हरेक नामावली सङ्कलक टिमसँग फोटो खिच्ने मान्छे पनि खटाइएको थियो । निर्वाचन आयोगले डिजिटल क्यामेरा भित्र्याएको थियो नेपालमा । क्यामेरा निकै महङ्गा थिए ।

निर्वाचन विथोल्ने पार्टीको तात्कालिक कार्यक्रम थियो । त्यसका लागि मतदाता नामावली सङ्कलन कार्यलाई अवरोध पु¥याउनु जरुरी हुन्थ्यो । हामीले यहि कारवाही चुन्यौँ । मेरै नेतृत्वमा कारवाही गर्ने योजना बन्यो । नामावली भर्ने र मतदाताहरूको फोटो पनि खिच्ने भएकाले दिनभर जनताको भीड हुन्थ्यो । हाम्रो शक्ति कम भएकाले ब्यापक जनताका बिचमा कारवाही गर्नु हाम्रा निम्ति घातक हुन्थ्यो । बेलुका सरकारी कर्मचारीहरूको सङ्कलक टोली फर्कनेबेला छापामार शैलीमा घेरा हाल्ने र कब्जा गर्ने योजना बन्यो ।

स्थानीय रूपमा सङ्गठित मिलिशियाका युवाहरूलाई गतिविधि वाच गर्ने र हामीकहाँ रिपोर्टिङ गर्नका लागि खटायौँ । छापामार दस्ताका एक जना सदस्यको नेतृत्वमा रेक्कीका लागि अर्को टोली पठाइयो । मेरो नेतृत्वमा कम्ब्याट ड्रेससहितको स्क्वायड कारवाहीका लागि तयार भयो । हामी सबैको भूमिका बाँडियो । बेलुका पाँच बज्नु अगावै कारवाही स्थलमा पुग्ने र घेरा हाल्ने तयारी साथ हामी हातहतियार तयार गरेर बस्यौँ । रेक्की टोलीले सबै सूचना लिएर आएपछि हामी कारवाही स्थलतर्फ अगाडि बढ्यौँ । घना बस्तीको बाटो भएर हिँड्नु पर्ने भएकाले ड्रेसमा क्यामोफ्लाइज ग¥यौँ । निकै सावधानी पूर्वक एक्लाएक्लै निश्कियौँ । मानिसहरूको नजरबाट छलिएर हामी अगाडि बढ्यौँ ।

कारवाही स्थलमा सरकारी हाइस्कुल थियो । पुरानो स्कुल । यही स्कुलमा मैले चार बर्स पढाएको थिएँ । सरकारी टोलीले यही स्कुलको प्राङ्गणमा आफ्नो क्याम्प खडा गरेको थियो । श्रोतकेन्द्र यहीँ भएकाले केन्द्रस्तरीय शिक्षकहरूको तालिम पनि चलिरहेको रहेछ ।

रेक्की र सर्भे गर्न गएको टोलीका बिचमा तालमेल मिलेनछ । रेक्की टोलीले रिपोर्ट लिएर आएपछि त्यहाँको परिस्थिति बदलिएछ । हामीलाई स्थानीय साथीहरूले एक प्रकारले धोका दिए भनौँ । उनीहरू पछिल्लो रिपोर्ट लिएर समयमै आइदिएनन् । हामी कारवाहीका सम्पूर्ण तयारी साथ स्थलमा पुग्यौँ । त्यहाँ पुग्दा मतदाता नावावली सङ्कलक टोली हिँडिसकेछ । शान्तिनगर र पवननगरका मतदाता बिच पहिला फोटा खिच्ने विषयमा झगडा परेपछि त्यसले उग्र रूप लिँदा कर्मचारीहरूले सम्हाल्न नसकेर काम बन्द गरी हिँडेछन् । यो कुरा हामीलाई थाहा भएन । हामी स्कुलमा पुग्दा त्यहाँ पचास भन्दा बढि शिक्षकसहित करिब डेढ सय जनता थिए । म त्यहाँ कम्ब्याट ड्रेसमा पुग्दा सबै आश्चर्यमा परे । मसँगै पढाएका शिक्षक स्टाफहरू र जनतालाई जनयुद्धबारे कुरा बुझाउनु प¥यो भनेर मैले तत्काल केही कुरा राख्ने योजना बनाएँ । त्यहाँ माओवादी नेता र अझ लडाकुदलको रूपमा प्रस्तुत भएपछि त्यत्तिकै फर्कन मन लागेन । अनि मैले तुरुन्त योजना बनाएँ, त्यहाँ जम्मा भएका जनतामा माओवादीको राजनीतिक लक्ष्य उद्धेश्यका बारेमा स्पष्ट गर्दै जनयुद्धको औचित्यबारे जानकारी गराउने । मैले कमाण्डरलाई सतर्क रहन निर्देशन दिएँ र उपस्थित जनसमुदायलाई सम्बोधन गर्न थालेँ । भखैरै मात्र विषय उठान गर्दै के थिएँ एक्कासी चट्याङ परेझैँ पटटट्ट गोली चल्यो । सबै ज¥याक जुरुक उठे । कोही भग्न थाले ।

‘ठोक ठोक साला आतङ्ककारी गुरिल्लालाई ।’ इन्सपेक्टर पदम अधिकारीले आदेश दिँदै थियो । तत्क्षण राइफलबाट गोलीका पर्रा छुटिहाले पटटट पटटट । अन्धाधुन्ध गोली चलाउँदै पुलिसले हाम्रो सेन्ट्रीमा बसेका दुईजना साथीहरूलाई खेद्न थाले । चारपाँच जना पुलिसले गोली हान्दै उनीहरूलाई लखेट्दै दौडिए । भाग्दै गरेका रकेट, सुनिल र विक्रम स्कूलपूर्वको स्यानीवनमा तुरुन्तै पसिहाले । गमक्कै परेको सालघारीको बिचमा सानो खोँच पर्दै नागवेली आकारमा बगेको खोल्सोलाई स्थानीय जनताले लेँडेसोता भन्छन् । त्यो खोल्सो गाउँको शिरान हुँदै दक्षिणतर्फ बग्छ । बर्साको समयमा भलपानीसँगै सानातिना मूलबाट जागेका पानी बग्छ भने हिँउदमा सुख्खा नै हुन्छ । नाङ्गो खरबारीमा जिकज्याकरनमा दौडँदै उनीहरू भागे । गोली चलाउँदै लखेटेका पुलिसहरू जङ्गलमा पसेपछि भने आतङ्कित हुँदै फर्किए । यता स्कूलमा मैले भाषण सुरु गरेको थिएँ । मेरो सुरक्षामा स्क्वायड कमाण्डर अशोक र सदस्य प्रविण खटिएका थिए ।

मैले भाषण गर्न सुरु गर्नै लाग्दा सेन्ट्रीमा बसेका छापामारहरूमाथि पुलिसले गोली चलाएको थियो । त्यसपछि कार्यक्रम विथोलियो । गोली चलेको स्थानबाट इन्स्पेक्टर पद्मेको टोली गोली चलाउँदै हुर्रिएर भाषण गर्दै गरेको दिशातिर आयो । पुलिस आफ्नो भ्यानमा नआएर निजी पिकअप गाडिमा चढेर आएको थियो । एकप्रकारले भन्ने हो भने पुलिसले नियम उल्लङ्घन गरेको थियो । हाम्रो सेन्ट्रीमा बसेका साथीहरूले गाडि रोके । गाडि रोक्नासाथ पछाडिबाट हतियारधारी पुलिस फटाफट झरेर घेरा हाल्न थाले । इन्स्पेक्टरको आदेशसाथ गोली चल्यो । साथीहरू भागे । तत्काल ग्रिनेट चार्ज गर्ने अवसर नै पाएनन् ।

गोली चलाउँदै करिब दुई सय मिटरको दूरीमा पुलिस आइसकेको थियो । सबैमा त्रास र आतङ्कको कालो बादल मडारिएर आयो । एकैसाथ भागदौड मच्चियो । कतिले त कट्टुमै तुक्र्याए पनि होलान् । मैले उपस्थित मानिसहरूलाई नआत्तिन भन्दै हामी भागेमा तपाइँहरूलाई केही गर्दैन भनेर सम्झाएँ । त्यसपछि हामी पनि त्यहाँबाट कुलेलम ठोक्यौँ । पुलिसले गोली चलाउन बन्द ग¥यो । सायद त्यहाँ हामीलाई नदेखेर हो वा जनताको भिड देखेर हो गोली चलाएन । नाङ्गो बारीमा ड्रेसमै हामी दौडेको देखेछ पुलिसले । केही समय हामीलाई लखेट्यो । गाउँ काटेर नजिकै जङ्गलले घेरिएको खोलामा झरेपछि मैले र स्वायड कमाण्डर अशोकले कम्ब्याट ड्रेस फुकाल्यौँ । हामी दुईजना खोल्सैखोल्सा र जङगलको बाटो हुँदै सेल्टरमा पुग्यौँ । हामीलाई पक्कै पनि साथीहरू मारिए वा धाइते भए भन्ने डर लागि रहेको थियो । मैले स्थानीय जनतालाई साथीहरू खोज्न परिचालन गरेँ । एक घण्टापछि साथीहरू सकुशल सेल्टरमा आए । हामी सबै खुसी भयौँ । त्यसको केही बेरपछि त्यो गोली चलाउने प्रहरीको टोली हामी बसेकै टोलमा आयो । लौ अब फसाद भयो भन्ने लाग्यो । हामी हाम्रै कार्यकर्ता सौगातको घरमा बसेका थियौँ । उनी पूर्णकलिन भइसकेका थिएनन् ।

चारैतिर घेरा हाल्दै पुलिस घरघरमा पस्यो । उसले हाम्रा साथीहरू भागेर यतै आएका थिए कहाँ गए होलान् भन्दै आपूmलाई माओवादीको रूपमा प्रस्तुत भएर गाउँलेहरूलाई सोध्न थाल्यो । हामीले त्यो सबै दृश्य घरको माथिल्लो तलामा बसेर भ्mयालका चर र खटप्वालबाट चियाइ रहेका थियौँ । जनताले पुलिसलाई नचिन्ने कुरै थिएन । उनीहरूले तपाइँहरूका को को साथी हुन् हामीले चिनेका पनि छैनौँ र यहाँ कोही आएको पनि छैन भनेर जबाफ दिइरहेका थिए । सेल्टर वरिपरि राइफलधारी पुलिसको घेरा देखेपछि हामीमा एक प्रकारको डर पैदा भएको त थियो तर हामी भन्दा झनै बढ्ता डराएको थियो पुलिसको टोली । किनकि घटना भएको ठाउँमा जनताले माओवादी गुरिल्लाहरू तपाइँहरूका भन्दा ठुलठुला हतियार र बम बोकेर धेरै आएका थिए भनेर ससुनाएका रहेछन् ।

त्यसैले घरभित्र नपसेरै आँगन र बारीका डिलबाटै बडो सतर्क पोजिसनमा गाउँलेहरूलाई सोधपुछ गरिरहेको थियो । हाम्रो टोली सबै एकै ठाउँमा पनि थिएन र हामीसँग सुथली बम, सकेट ग्रिनेट र एउटा टुएल्वबोर र केही भरुवा बन्दुक मात्र थिए । तसर्थ हामीले त्यहाँ पुलिससँग भिड्नु आत्मघाती हुने देखेर परिआएमा मात्र प्रतिरोध गर्ने मनस्थितिका साथ सतर्क रह्यौँ । अँध्यारो हुन थालिसकेको थियो । त्यसपछि पुलिस फर्कियो । हामी पनि सतर्कता पूर्वक त्यहाँबाट अर्को सेल्टरतर्फ लाग्यौँ ।
२०७३ बैशाख ४