कुनै बेला नेपाली क्रान्तिको नायकको रूपमा क्रान्तिकारी छवि बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादमा पतन भएसँगै आज दुनियाँभरि प्रहशनको पात्र बन्न पुगेका छन् । र, आज उनको नयाँ चिनारी बन्न पुगेको छ – लम्पसारवादी । यो चिनारी उनको मात्र होइन, उनले नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) को पनि हो । त्यसैले यसलाई कतिपयले नेकपा लम्पसारवादी केन्द« पनि भन्न थालेका छन् । सिङ्गो पार्टीको दिशा र त्यसका समग्र क्रियाकलापहरू नै लम्पसारवादबाट निर्देशित हुनुले पनि यसलाई नयाँ चिनारी दिनुको सार्थकता पुष्टि हुन्छ ।
प्रचण्ड र उनको पार्टीको नयाँ चिनारी बोकेर यतिबेला निकै चर्चामा आएको लम्पसारवाद आखिर के हो त ? यो कुन कुन रूपमा प्रकट भएको छ ? यसको सैद्धान्तिक र वैचारिक आधार के हुन् ? यस सम्वन्धी यहाँ छोटो चर्चा गरिने छ ।
के हो लम्पसारवाद ?
गद्दारी र आत्मसमर्पणको अन्तिम अभिव्यक्ति लम्पसारवाद हो । राजनीतिक रूपमा वर्गाीय र राष्ट्रिय आत्मासमर्पणवाद, वैचारिक रूपमा विचलनवाद, सांस्कृतिक रूपमा चाकडीवाद र दार्शनिक रूपमा भक्तिवादको केन्दि«कृत र अन्तिम अभिव्यक्तिको रूपमा लम्पसारवाद देखा पर्दछ । अर्को अर्थमा भन्नु पर्दा आफ्ना सम्पूर्ण ध्यय–उद्देश्य, निष्ठा–आदर्श र मूल्यप्रतिको प्रतिबद्धतामाथि विश्वासघात र गद्दारी गर्दै दुश्मनको वफादार नोकरमा परिणत हुनु र आफ्नो सम्पूर्ण पहिचान दुश्मनको सेवामा समर्पित गर्नु लम्पसारवाद हो । त्यसकारण लम्पसारवादीहरूको स्वतन्त्र अस्तित्व हुँदैन ।
माओवादी आन्दोलनको एउटा धारा नेकपा (माओवादीकेन्द्र) कसरी लम्पसारवादमा पतन हुन पुग्यो त ? यो बुझ्नका निम्ति यसको पतनको श्रृङ्खलावद्ध सिलसिला बुझ्न जरुरी छ । यो सिलसिला खोज्न तात्कालीन नेकपा (माओवादी) सम्म पुग्नुपर्ने हुन्छ । यसरी हेर्दा जनयुद्धको नेतृत्व गरेको तात्कालीन नेकपा (माओवादी) को २०५७ माघमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले गरेको नेतृत्वको प्राधिकार र विचार संश्लेषण सम्बन्धी दिशानिर्देश नै यो सिलासिलाको आधारशिला बनेको देखिन्छ । विचार संश्लेषणको रूपमा प्रचण्डपथ निर्माण गरियो । यो निराधाररूपमा निर्माण गरिएको प्रचण्डपथलाई स्थापित गर्न भनेर प्रचण्डको हदैसम्मको देवत्वकरण गरियो । मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद– माओवादको पछाडी प्रचण्डपथ थपियो । र, विश्व क्रान्तिका महान् गुरुहरूको समकक्षी हुनेगरी प्रचण्डको फोटो सजाइयो । प्रचण्डपथको औचित्य र आधार पुष्टि गर्न लेखहरू प्रकाशन गर्ने गराउने र लेखको प्रारम्भमा प्रचण्डको भनाइलाई राख्नुपर्ने चलन नै स्थापित गरियो । त्यति मात्रै होइन, पार्टीमा को क्रान्तिकारी हो र को होइन भन्ने कुराको मापदण्ड नै प्रचण्डपथको भजनकीर्तनलाई बनाइयो ।
यो गलत अभ्यासले कम्युनिस्ट क्रान्तिकारीहरूमा हुनैपर्ने द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र आलोचनात्मक चेतलाई दुरुत्साहित ग¥यो भने नेतृत्वप्रतिको रामभरोसे बुझाइलाई प्रोत्साहित ग¥यो । यसले मालेमावाद सम्बन्धी आधारभूत सैद्धान्तिक अध्ययन संस्कृतिको विकासमा समेत गतिरोध पैदा ग¥यो । जनयुद्धका योजना र दैनन्दिनका सङ्घर्षका कार्यक्रम सम्बन्धी प्रशिक्षण बाहेक सैद्धान्तिक अध्ययन अध्यापनको कडी नै टुट्यो । जसले गर्दा माओवादीको वैचारिक सांस्कृतिक धरातल जनयुद्धको तीव्र विकासको तुलनामा धेरै पछि प¥यो । यही कमजोर वैचारिक सांस्कृतिक धरातलबाटै प्रतिक्रान्ति जन्मियो ।
२०५५ मा सम्पन्न पार्टीको चौथो विस्तारित बैठकबाटै नेतृत्व केन्दि«करणको अभ्यास सुरू भयो । त्यसलाई साङ्गठानिक रूपले मात्र होइन, वैचारिक रूपलेसमेत प्राधिकारपूर्ण बनाउने काम दोस्रो राष्ट्रिय सम्मेलनमार्फत् गरियो । यो गलत अभ्यासले जनवादी केन्दि«यतालाई लत्याउँदै पार्टी र क्रान्तिको भविश्य पार्टीको सुप्रिमोको रूपमा प्रचण्डको नियतीमा छोडिदियो । पार्टीको विधि विधान र पद्दती भन्दा प्रचण्डको नियती निर्णायक बन्न पुग्यो । यसले प्रचण्डको चरम महत्वाकाङ्क्षा र स्वेच्छाचारिता दुवै मौलाउने भौतिक परिवेस निर्माण गरिदियो । भित्रभित्र वैचारिकरूपले विचलित र सांस्कृतिकरूपले स्खलित भइसक्ता पनि छट्टु प्रचण्डले आफूलाई क्रान्तिकारी आवरणमा प्रस्तुत गरिरहे । जब उनले आफ्नो चरित्र अनुकूलको राजनीतिक यात्रा तय गर्नको लागि सुरक्षित अवतरणको दिशा समातेर क्रान्तिकारी आन्दोलनलाई डाइभर्ट गरे । त्यसपछि मात्र पार्टीभित्र क्रान्तिकारीहरूले नेतृत्व गलत दिशामा गएको अनुभूत गरे र दुईलाइन सङ्घर्ष सुरू भयो ।
यहाँसम्म आइपुग्दा पार्टीमा एकातिर प्रचण्डलाई अद्भूत चमत्कारकका रूपमा बुभ्mने र प्रचण्डले जे गरेपनि त्यो क्रान्ति नै हुन्छ भन्ने मनोविज्ञान हावि भइसकेको थियो भने अर्कोतिर नेतृत्वप्रति प्रश्न उठाउँदावित्तिकै राजनीतिक भविष्य खतरामा पर्ने भौतिक परिवेस निर्माण भइसकेको थियो । यो परिवेशले प्रचण्डलाई क्रान्तिकारी शब्दजालको आवरणमा दक्षिणपन्थी विसर्जनवादको यात्रा संस्थागत गर्न सहज बनाइदियो । क.किरण र क.गौरवहरू भारतीय जेलमा रहेको मौका छोपी प्रचण्डले यो काम सम्पन्न गरेका थिए । वास्तवमा इमान्दार, निष्ठावान र सिद्धान्तनिष्ठ क्रान्तिकारी तप्का बाहेक पार्टीको ठूलो हिस्सा वैचारिक सांस्कृति रूपले नित्तान्त खोक्रो भइसकेको थियो । किनकि कम्युनिस्ट क्रान्तिकारी बन्नतिर होइन कि शासक बन्नतिरको ध्यान ध्याउन्नमा पार्टीलाई केन्द्रित गरियो । सर्वहारा क्रान्तिकारी बन्ने र बनाउनेतिर होइन सत्ता प्राप्तीको साधनको रूपमा मात्र कार्यकर्ता उत्पादन गर्नतिर जोड दिइयो । यसले भोगविलासतर्फको चिन्तन संस्कृतिको हावि हुने र त्यसकै निम्ति शक्तिशाली नेताको चाकडी गर्ने होडवाजीको अवस्था सिर्जना भयो । हिजो जनयुद्धको राप र तापले पार्टीभित्रको यो हदसम्मको विचलन र विकृति छोपिएको थियो । जनयुद्धको विसर्जनसँगै यो विचलन पार्टीको आधारभूत दिशा बन्न पुग्यो । ठिक यहि विन्दूबाट माओवादी आन्दोलनले विघटनको दिशा समात्यो ।
आन्दोलनको विघटनसँगै माओवादी क्रान्तकारीहरू र विचलनवादीहरूका बिच सम्वन्ध विच्छेद र ध्रुविकरणको प्रकृया अगाडि बढ्यो । क्रान्तिकारीहरू पार्टी पुनर्गठन गर्दै अगाडि बढे भने विचलनवादीहरू संसदवादमा पतन हुँदै दलाल तथा नोकरसाहीतन्त्रमा संसदीय उठापट्कीको अभिन्न अङ्ग बन्न पुगे । प्रचण्डको यो विचलनको यात्रा अगाडि बढ्ने क्रममा वर्गीय र राष्ट्रिय आत्मसमर्पणवाद हुँदै अन्ततः लम्पसारवादमा टुङ्गीएको छ । यी सबै तथ्यहरूबाट के पुष्टि हुन्छ भने प्रचण्ड र उनको पार्टीको लम्पसारवादमा भएको पतनको मूल आधार वैचारिक विचलन नै हो । क्रान्तिकारी सिद्धान्तप्रतिको निष्ठा, इमान र अटुट विश्वासको अभाव, त्यस सिद्धान्तलाई आफ्नै जीवनशैलीमा सतत अभ्यास गर्ने कष्टसाध्य ध्याउन्नको अभाव र पार्टीले लिएका कतिपय गलत नीतिहरूको अभ्यासको कूल योगको परिणामको रूपमा यो विचलन देखा परेको हो ।
प्रचण्ड किन पतन भए लम्पसारवादमा ?
क्रान्तिकारी ध्यय उद्धेश्य परित्याग गरेर क्रान्तिप्रति गद्दारी गर्दै संसदीय व्यवस्थालाई स्वीकार्न पुगेका प्रचण्डले पार्टीलाई एमालेकरण मात्र गरेनन् त्यो भन्दा अघि बढेर पतनको पराकाष्ठामा पुगे । अर्थात् लम्पसारवादी बन्न पुगे । किन त्यसो भयो त ? यो परिघटना उनको आत्मगत चाहनाबाट मात्र घटित भएको होइन । किनकि उनी र उनको पार्टी जुन धरातलबाट जसरी आयो त्यसलाई अर्को एमाले बनेर स्वतन्त्र अस्तित्वका साथ बसिखान सम्भव नै थिएन । यसको पछाडि मूलतः दुईवटा कारण छन् ।
पहिलो, एउटै राजनीतिक प्रणलीमा एउटै वर्गीय धरातल र एउटै राजनीतिक चरित्र बोकेका दुईवटा पार्टीको समान अस्तित्व रहन सम्भव हुँदैन । त्यसमा पनि नेपालको संसदवादी वाम वृत्तमा एमालेको जग बलियो नै छ । पार्टी सञ्चालनको विधि पद्धती र व्यवस्थित प्रणालीमा एमाले अभ्यस्त छ । त्यो तुलनामा माओवादीकेन्द्र निकै भद्रगोल र अस्तव्यस्त छ । राजनीतिक एजेण्डाको दृष्टिले पनि कुनै सुस्पष्ट दृष्टिकोण नै छैन । कुन मामिलामा कहाँनेर चुक्छ र कहाँनेर झुक्छ भन्ने ठेगान नै छैन । लम्पसारवादमा पतन हुनुको पहिलो कारण उसको राजनीतिक चरित्र नै हो । दोस्रो, प्रचण्डले जनयुद्धको सुरक्षित अवतरणको गन्तव्य पुरानै संसदीय व्यवस्थालाई बनाएर सत्ताको रस स्वादन त गरे त्यसका निम्ति महान् दसबर्से जनयुद्धका सम्पूर्ण उपलब्धीहरू समेत ध्वस्त पारेर देशीविदेशी प्रतिक्रियावादीहरूको विश्वास जित्ने भरमग्दुर प्रयास पनि गरे । त्यसो गर्ने क्रममा प्रचण्ड साम्राज्यवादीहरूको उपयोगको एउटा निरिह पात्रका रूपमा परिणत हुँदै गए । साम्राज्यवादले नेपालको माओवादी आन्दोलनलाई कमजोर पार्न प्रचण्डलाई उपयोग ग¥यो । तर प्रचण्डको द्वन्द्वकालीन मुद्दाहरूबाट उन्मुक्तिको अभिलाषा अधुरै रह्यो ।
ठिक यहि तनावपूर्ण मनस्थितिले नै प्रचण्डलाई लम्पसारवादसम्म पुग्न प्रेरित ग¥यो । क्यान्टोन्मेन्टको भ्रष्टाचार प्रकरण अख्तियारमा पुगेपछि त्यहाँबाट जोगिने प्रयासमा महाभ्रष्टाचारी लोकमानसिँह कार्कीलाई नै अख्तियार प्रमुख बनाउन पुगेका प्रचण्डले आज युद्धअपराधको अभियोगबाट आपूmलाई जोगाउन राष्ट्रलाई समेत दाउमा चढाएका छन् । यसले के देखाउँछ भने देश र जनता भाँडमा जाओस् आपूm जोगिन पाए पुग्छ भन्ने निकृष्ट मनोविकारका शिकार भएका छन् प्रचण्ड ।
प्रचण्डको भारत भ्रमणमा गरिएको २५ बुँदे सहमती, हालै भारतीय राष्ट्रपति नेपाल आउँदा देखाइएको चाकडीको लिला, फिजिकरण र सिक्किमिकरणको दिल्ली मिसनकै अभिन्न अङ्गका रूपमा मधेसमा भरखरै नागरिकता वितरण टोली खटाइनु, संविधान संसोधनका नाममा तराइमा दुई प्रदेशको दिल्ली रणनीति प्रस्तवित गर्न तयारी हुनु र अङ्गिकृत नागरिकलाई संवैधानिक निकायका प्रमुख बनाउनेगरी तयारी थाल्नु लम्पसारवादका अभिव्यक्ति हुन् । यसले हाम्रो राष्ट्र र राष्ट्रिय स्वाधीनतामाथिको खतरालाई कयौ गुना बढाइदिएको छ ।
देशका निम्ति नेता मर्न तयार हुनु पर्छ तर नेताका निम्ति देशलाई मार्ने कुरा कदापी स्वीकार्य हुन सक्तैन । आपूm बाँच्नका लागि देशलाई मार्ने प्रचण्डको लम्पसारवादी नीतिको अन्तिम परिणती लेण्डुपवाद हो । माओवादी आन्दोलनभित्रका क्रान्तिकारीहरूले यतिवेला गम्भीर ढङ्गले सोच्न जरुरी छ । प्रचण्डको लम्पसारवादका विरुद्ध लड्न जरुरी छ ।
निश्चित रूपमा यतिवेला द्वन्द्वकालीन मुद्दाहरू हामी सबै माओवादीहरूका साझा चिन्ता र चासोका विषय हुन् । तर यी मुद्दाहरू साम्राज्यवाद र विस्तारवाद सामू लम्पसार परेर समाधान हुने विषय होइनन् । क्रान्तिकारी राजनीतिमा यस्तो आत्मसमर्पण र गद्दारी अक्षम्य अपराध मानिन्छ । सशस्त्र सङ्घर्ष फेरि पनि हुन्छ, यस्ता मुद्दाहरू फेरि पनि आउँछन् । यो विषय क्रान्तिकारीहरूका लागि एकचोटी निप्टाएर सँधैका लागि हाइसन्चो हुने विषय होइन । तर क्रान्तिकारी आन्दोलनबाट भागेकाहरूलाई यो विषयले तनाव दिइरहनु स्वाभाविक छ । किनकि उनीहरू क्रान्तिको सपना देख्न पनि छोडिसके तरपनि द्वन्द्वकालीन मुद्दाको आतङ्कले छोड्दैन । छोड्नेवाला पनि छैन । साम्राज्यवादको जति गुलामी गरेपनि उसले आफ्नो उपादेयता देख्दासम्म प्रयोग गर्छ र अन्त्यमा फ्याँकिदिन्छ । त्यसैले क्रान्तिकारीहरूको भविश्य क्रान्तिले नै सुनिश्चित गर्छ । क्रान्तिकारीहरूले आफ्नो जीवन क्रान्तिमा देख्न छोड्नु हुँदैन । यो दुनियाँमा क्रान्तिबाट भागेर हाम्रो जीवनको भविश्य कहीँपनि सुरक्षित छैन । यस अर्थमा फेरि पनि क्रान्तिकारी आशावादका साथ क्रान्तिको झण्डालाई दह«ोसँग पकड्ने प्रण गर्नुको विकल्प हामी कसैसँग छैन । माओवादीकेन्द्र र त्यसका सुप्रिमो प्रचण्डको लम्पसारवादमा पतन एउटा प्रहसनमय परिघटना हो । त्यहाँभित्रका क्रान्तिकारीहरूले यतिवेला आपूmलाई प्रहसनको पात्र हुनबाट जोगाउन गम्भीर बन्नै पर्दछ ।