
ठुलो बस्ती छ त्यहाँ,
गाउँ छ अनि सहर छ,
र पो सबैको मस्ती छ,
वनका मानवहरु त्यहाँ,
छोइ सक्नु छैनन् अहिले,
भदौको मकै घोगो समाएर,
मानव बस्तीमा गरिरहेछन् गस्ती,
बाँदर बस्तीका मानव न भोलि,
न आज न हिजो न अस्ती,
शान्तिले बाँच्न पाइरहेछन्,
बाँदर मकै खाइरहेछन्,
मानव खटेर गर्छन् मकै उत्पादन्,
उही बाँदर रजाइँ गरिरहेछन्,
वन छेउमा जग्गा छ मानव बस्तीका,
वन मासिन्छ न बाँदर उही अनिकाल,मानव
बस्ती झेलिरहेछन्,
