सपनामा बलात्कार गरेको देखेको भरमा २८ वर्ष जेल सजाय !

सपनामा बलात्कार गरेको देखेको भरमा २८ वर्ष जेल सजाय !

prisnerएजेन्सी । अमेरिकाको कोलोराडो शहरको एक अदालतले बलात्कार आरोपमा २८ वर्षदेखि जेल सजाय भोगिरहेका एक ब्यक्ति निर्दोष प्रमाणित भएका छन् ।

बलात्कृत पीडितले आफूलाई बलात्कार गर्ने ब्यक्तिलाई सपनामा मात्रै देखेको बयान दिएपछि उनी निर्दोष सावित भएका हुन् । पीडितको बयानपछि न्यायाधीसले क्लेरेन्स मोजेज–एलमाथि लगाइएको आरोपबाट मुक्त गर्ने फैसला सुनाएका छन् ।

डेनबरको अदालतले क्लेरेन्सलाई निर्दोष रहेको फैसला सुनाएपछि उनी अदालतमै निकै खुशी देखिए । उनले २८ वर्षदेखि आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका थिए ।

सन् १९८७ मा उनलाई आफ्नो छिमेकी महिलामाथि कुटपिट तथा बलात्कार गरेको आरोप लागेको थियो ।

मोजेजले शुरुदेखि नै आफू निर्दोष रहेको र बलात्कृत महिलाले आफूमाथि गलत आरोप लगाएको दाबी गर्दै आएका थिए । तर उनको अपिल समेत सुनिएनन । जब उनका कैदी साथीले चिठी लेखे । जसमा हमला उनले गरेको बताइएको थियो ।