पोखरा । नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको महाधिवेशनमा प्रतिनिधि चयनमा नै विवाद भएको छ ।
पोखरामा चार दिनदेखि जारी महाधिवेशनमा अझै प्रतिनिधिको टुंगो लाग्न नसकेको हो । प्रतिनिधि चयनमा विवाद हुँदा सहमतिको प्रयास भन्दै महाधिवेशन स्थगित गरिएको छ ।
महाधिबेशन अन्र्तगत निर्वाचनको सबै कार्यक्रम अनिश्चित समयका लागि स्थगित गरिएको छ ।
तरुण दलका कार्यसमिति, पदाधिकारी र सदस्यमा पार्टीमै गुटगत छलफल भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति प्रयास नजिकिए पनि सिटौला पक्ष रुष्ट छ ।
विवाद अन्त्यका लागि पार्टीले निर्देशक समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँड महाधिवेशन निर्देशक समितिका संयोजक छन् ।
सो समितिले सोमवार नै निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराएको छ । त्यसमा पनि विवाद देखिएको छ । नेतृत्व देउवा पक्षलाई दिने गरी पदाधिकारीमा भागबण्डाको छलफल जारी रहेको छ ।