हिलारीको गोप्य वार्ता सार्वजनिक, हिलारीको हारका पछि को जिम्मेवार ?

हिलारीको गोप्य वार्ता सार्वजनिक, हिलारीको हारका पछि को जिम्मेवार ?

hilaryकाठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा हारका लागि डेमोक्रटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अमेरिकी संघीय जाँच एजेन्सी एफबीआईका निर्देशक जिम्मेवार ठहर गरेकी छन् ।

चुनाव अघि एफबीआईका निर्देशक जेम्स कूमीले आफ्नो इमेलको जाँच गर्ने बताउँदा चुनाव प्रचार अभियानमा गम्भीर धक्का लागेको हिलारीले बताइन् ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारीले पार्टीका सबैभन्दा धेरै दान दिनेसँग फोनमा गरेकी थिइन् । यो मिडियामा लिक भएको छ ।

हिलारीमाथि आरोप थियो कि उनले विदेशमन्त्री हुँदा आफ्नो आधिकारिक इमेल आफ्नो निजी सर्वरमार्फत पठाएकी थिइन् । यद्यपि नयाँ छानविनका क्रममा उनले अपराध गरेको भेटिएन ।

चुनाव प्रचार अभियान अन्त्यतिर पुगेका बेला एफबीआईका निर्देशकले हिलारीको इमेल प्रकरणमा फेरि छानविन हुने बताएका थिए भने मतदानको अघिल्लो दिन दोषी नभेटिएको बताएका थिए ।