बन्द गराउने क्रममा विप्लव माओवादीका ५० बढी नेता कार्यकर्ता पक्राउ

बन्द गराउने क्रममा विप्लव माओवादीका ५० बढी नेता कार्यकर्ता पक्राउ

काठमाडौं । मुल्यवृद्धि नियन्त्रणसहित विभिन्न माग राखेर नेपाल बन्द गराउँदै हिँडेका विप्लव माओवादीका ५० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव माओवादीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन समेत रहेका छन् । उनालाई प्रहरीले रत्नपार्कबाट पक्राउ गरेको हो ।

यसैगरी कोटेश्वरबाट राष्ट्रिय युवा जनस्वयमसेवक ब्यूरोका अध्यक्ष झकबहादुर मल्लसहित ७ जना र कलंकीबाट अखिल (क्रान्तिकारी) का अध्यक्ष पुर्ण सिंह उपाध्यक्ष लालबहादुर तामाङ र महासचिव दिपेन्द्र चलाउने पक्राउ परेका छन् ।

यसैगरी बालाजुबाट चन्द्र बुढासहितका विद्यार्थी नेताहरुलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको विप्लव माओवादीले जनाएको छ ।