एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु बुस र उनकी पत्नी लाउराले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई भोट दिएनन् । बाराक ओबामाभन्दा अघिल्लो कार्यकालमा रिपब्लिकन पार्टीबाट नै उनले अल गोरलाई हराएर राष्ट्रपति बनेका थिए ।
ट्रम्पलाई भोट नदिएका उनले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनलाई पनि भोट दिएनन् । बुस र उनकी पत्नी लाउराले दुवै जनालाई भोट नदिएको उनका प्रवक्ताले जनाएका छन् ।
आफ्ना भाई जेब बुसलाई गाली गरेको तथा अमेरिकी राष्ट्रपति पदका लागि योग्य नरहेको भन्दै उनले ट्रम्प र हिलारी दुवैलाई भोट नदिएका हुन् । जेब पनि यसपटकको राष्ट्रपतिको निर्वाचनको प्राइमरीमा प्रत्यासीका रुपमा रहेका थिए ।
वर्तमान राष्ट्रपति बाराक ओबामाले भने हिलारी क्लिन्टनलाई भोट दिएका छन् । उनले लामो समयदेखि हिलारीको पक्षमा भोट दिन अमेरिकी जनतालाई आग्रह गर्दै आएका थिए ।