
काठमाडौं । कालो धन र जाली नोटको कारबार रोक्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० को नोटमाथि ८ नोभेम्बर राती १२ बजेबाट लागू हुने गरी प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । मंगरबार साँझ देशबासीका नाममा विशेष सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
मोदीको यस्तो घोषणाले भारतमा मात्रै होइन, नेपालमा खासगरी तराई÷मधेश क्षेत्रमा, जहाँ भारतीय रुपैयाँमा कारोबार हुन्छ, सम्म तरंग पैदा गरिदिएको छ । मोदीको यस्तो घोषणाले बैंक खाता नभएका नागरिकमाथि ठूलो असर प¥याएको छ । ३० डिसेम्बरसम्म यस्ता नोट बैंकमा जम्मा गर्न भनिए पनि दूरदराजमा बस्ने नागरिकहरुमाथि यसले ठूलो असर पु¥याउने अर्थविज्ञहरुले बताएका छन् ।
किन लगाइयो प्रतिबन्ध ?
चरमपन्थी समूहसँग रहेको पैसा र भ्रष्टाचार गरेर लुकाइएको ठूलो धनराशीलाई स्वत हटाउन मोदीले यस्तो कदम चालेको बताएका छन् । बाबा रामदेवले भ्रष्टाचार रोक्न पाँच सय र एक हजार रुपैयाँमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले भ्रष्टाचार रोक्न यो कदममा जनताको साथ रहने अपेक्षा गरेका छन् । मोदीले यसलाई भ्रष्टाचार विरुद्ध लडाईमा ठूलो कदम भनेका छन् ।
भारतमा कालोधनका रुपमा ५ सय र एक हजार रुपैयाँको नोट लुकाएर राख्ने ठूलो समस्या छ । भारतमा चुनावमा पाँच सय र एक हजार रुपैयाँको नोट प्रयोग हुने गरेको थियो, त्यसका कालोधन धेरै हुने गरेको त्यहाँको निर्वाचन आयोगको भनाइ छ । त्यसैगरी नक्करी नोटको कारोबार पनि पाँचसय र हजार रुपैयाँमा बढी हुने गरेको थियो । भारतले बेला बेलामा नेपालको बाटो भएर पाकिस्तानी चरमपन्थीले नक्कली नोट भारत पु¥याउने गरेको आरोप लगाउने गरेको थियो ।
नेपालमा अधिकांश व्यापारी र उद्योगीहरु भारतीयमूलका भएकाले अधिकांशसँग यी दरका नोटहरु हुनसक्छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारे नेपाल राष्ट्र बैँकले निर्णय गरिसकेको छैन । नेपाल राष्ट्र बैंकले यसअघि भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरुमा लगाउँदै आएको १४ वर्षदेखिको बन्देज गत वर्षको माघबाट हटाएको थियो ।
त्यतिबेला राष्ट्र बैंकले नेपाली र भारतीय नागरिकले भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरु प्रति व्यक्ति २५ हजार (भारु) सम्म नेपाल भित्राउन र लैजान पाउने व्यवस्था गरेको थियो ।
मोदीको यस्तो घोषणापछि बैकहरुमा हिजो साँझदेखि नै भीड लाग्न थालेको छ । दैनिक उपभोग्य सामानहरुको खरिकविक्रीमा यो घोषणाले प्रत्यक्ष रुपमा असर पु¥याएको छ । भारतीय जनजीवन अस्तव्यस्त बनेको छ ।