अमेरिकामा कार दुर्घटनामा परी चार नेपालीको मृत्यु, २ घाइते

अमेरिकामा कार दुर्घटनामा परी चार नेपालीको मृत्यु, २ घाइते

accidentकाठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

नोभेम्बर ४ तारिखमा भएको दुर्घटनामा काठमाडौं अनामनगरका चिरन्जीवी खनाल, उनकी पत्नी तथा दुई बुहारी रहेको र अगाडि बसेका समिर खनाल र सुवास खनालको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ ।

निसान अल्टिमा नामक कारमा सवार उनीहरू शुक्रबार राति ९ बजे दुर्घटनामा परेका हुन् । २९६ नामक जर्जिया राजमार्गको उत्तर तर्फ गईरहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा १८ पाङ्ग्रे ठूलो माल बाहक ट्रकसँग ठोकिन पुगेको थियो ।