एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई नेभाडामा एक चुनावी र्यालीलाई सम्बोधन गर्ने क्रममा सुरक्षाकर्मीले मञ्चबाट केही संदिग्ध व्यक्ति देखेपछि मञ्चबाट हटाएर लगेका छन् ।
सम्बोधन गरिरहेका बेला संदिग्ध व्यक्ति देखेपछि उनी रोकिएका थिए ।
सोही समयमा सुरक्षाकर्मी आएर उनलाई कभर गर्दै लगेका हुन् । त्यसपछि ती व्यक्ति सभास्थलबाट बाहिरिएका थिए ।
त्यसको केही समयपछि आएर बोलेका ट्रम्पले हिलारीप्रति आक्रामक अभिव्यक्ति दिएका थिए । ८ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचार अभियान अन्तिम चरणमा पुगेको छ ।
यसैबीच फ्लोरिडा र नेभाडामा हिलारीको पक्षमा मत खस्ने देखिएको छ । उता, ट्रम्प भने आफ्नो चुनावी प्रचार अभियानको अन्तिम समयमा पुनः मिनेसोटा जाने भएका छन् ।
डेमोक्रेटिक पार्टीको गढ क्षेत्र मानिने यस क्षेत्रमा पछिल्ला ४० वर्षदेखि रिपब्लिकन पार्टीका उम्मेदवारले जित हासिल गर्न सकेका छैनन् ।