देखियो यै नेपाली धरतिमा
हेरियो यै नेपाली अागनमा
कति कुरुप हुन् लम्पसारवादीहरु
कति भध्दा हुन् लम्पसारवादीहरु
कति निकृष्ट हुन् लम्पसारवादीहरु
कति निरिह हुन् लम्पसारवादीहरु
कति लाछि हुन् लम्पसारवादीहरु
कति दुष्ट हुन् लम्पसारवादीहरु
कति निर्दयी हुन् लम्पसारवादीहरु
कति कम्जोर हुन् लम्पसारवादीहरु
कति कायर हुन् लम्पसारवादीहरु
जब आए
भारतीय मालिक मुखर्जी
नेपालको तीन दिने भ्रमणमा
देखाए लम्पसारवादीहरुले
स्वागत र सत्कारको
भद्दा र कुरुप नमूना
लाग्यो लावा लस्कर
सुरक्षा घेराभित्र
विमानस्थलदेखि सितल निवाससम्म
लगायो उसले अघोषित कर्फ्यू
काठमाण्डौ उपत्यकामा
छेक्यो बाटो चारैतिर
फैलायो त्रास जनमानसमा
गर्यो लम्पसारवादले भव्य स्वागत
आफ्ना महाप्रभुलाई
जनकपुर हुँदै पोखरासम्म
सैनिकको घेरा भित्र राखेर
कुरुप सामन्ती शैली र
दास मानसिक्ताकोविचबाट
जयजयकार आफ्ना महा प्रभुलाई
पशुपतिनाथका जोगी सरह भएर
भिराई दियो विल्ला लम्पसारवादले
आफ्ना महा प्रभुलाई काँधैभरी
महाविद्यावारिधि र नागरिक अभिनन्दनको
खुसि तुल्याउनका लागि महा प्रभुको
जागीरको आयु लम्व्याउने ध्येयले
फुक्यो ढ्वाङ लम्पसारवादले चारैतिर
बजायो डम्फू लम्पसारवादले
नचायो महाप्रभुका दलालहरुलाई
उत्तर दक्षिणतिर फर्काएर
यै धरती र आगनमा उठे बिरोधका स्वरहरु
सुने नसुने झै गर्यो उसले
खबै गर्यो सिंगार पठार उसले महाप्रभुको
फुल्ल पारेर शरीर भरि माला भिराएर
खुसी र प्रफुल्ल पारेर पठायो स्वघरमा महाप्रभुलाई
अनि
विमानस्थलको चौतारीमा बसेर
आकासतिर हेरिरहयो जहाज उडेको
आठ महिनाका लागि जागिर जोगिने भएपछि
ढुक्क भएर खुसिको स्वास फेर्दै
फर्क्यो लम्पसारवाद
आफ्नै वासस्थान बालुवाटारतिर ।