काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले आफ्नो अफिसियल वेभसाइटमार्फत् चालु आर्थिक वर्षमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरका फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने सार्वजनिक गरेको छ । चार्टर्ड बैंकले चुक्तापुँजी बढाउनका लागि जारी गर्ने यो एफपीओ हालसमम्मकै सबैभन्दा ठूलो एफपीओ हो ।
बैंकले सार्वजानिक गरेको योजनाअनुसार प्रिमियम मुल्यमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ जारी गर्ने उल्लेख छ । बैंकले जारी गर्ने प्रिमियम मुल्य जोड्दा एफपीओमार्फत २० देखि ३० अर्ब रुपैयाँ संकलन गर्ने देखिन्छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८१ करोड रुपैयाँ छ ।
गत आर्थिक वर्षको नाफाबाट बैंकले ३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ७५ करोड हुनेछ ।
एफपीओ र बोनस सेयरवितरण पछि बैंकको चुक्ता पुँजी बैंकको चुक्ता पुँजी ७ अर्ब ५ करोड पुग्नेछ । त्यसैगरी बैंकले चालू आर्थिक वर्षको नाफाबाट आगामी आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दिने पुँजी वृद्धि योजनामा उल्लेख छ । चालू आवको बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।