काठमाडौं । दक्षिण एसियामा नेपाल राम्रो कानुनी राज्य भएको देश भएको एक अध्ययनले देखाएको छ ।
वल्र्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा नेपाल दक्षिण एसियामा शीर्ष स्थानमा रहेको छ । विश्वका ११३ देशको सूचीमा नेपाल ६३ औं स्थानमा रहेको छ ।
दक्षिण एसियाली राष्ट्र भारत नेपालभन्दा ३ स्थान तल अर्थात ६६ औं स्थानमा रहेको छ भने श्रंलंका ६८, बंगलादेश १०३ र पाकिस्तान १०६ औं स्थानमा छन् ।
पाकिस्तान अफगानिस्तान, इथियोपिया, जिम्बाब्बे, क्यामरुन, इजिप्ट, कोलम्बिया र भेनेजुयलाभन्दा मात्र माथि छ ।
विश्वको सबैभन्दा राम्रो कानुनी राज्य भएको देशको सूचीको शीर्ष स्थानमा डेनमार्क रहेको छ भने नर्वे दोस्रो र फिनल्याण्ड तेस्रो स्थानमा छ ।
रुल अफ ल इन्डेक्समा बेलायत १० औं र अमेरिका १८ औं नम्बरमा परेका छन् ।