‘राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षतामाथि प्रहार’

‘राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षतामाथि प्रहार’

इटहरी । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले राजा फर्काउने प्रपञ्चस्वरुप धर्म्निरपेक्षमाथि प्रहार हुन थालेको बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघ सुनसरीले धरानमा गरेको ‘आदिवासी जनजातिका मुद्दा र संविधान संशोधन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री गुरुङले विभिन्न जातजाति, धर्म र संस्कृतिले विविधतायुक्त मुलुक नेपाल कुनै पनि धर्मविशेषको राज्य हुन नसक्ने बताउँदै धर्मनिरपेक्षताले कुनै पनि धर्मको संरक्षणमा हानि नगरेको र भविष्यमा पनि नगरिने स्पष्ट पारे ।

नेपाल आदिवासी जनजाति संका सभापति इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको विशिष्ट प्रकारको सामाजिक, आर्थिक र सांस्कृतिक मौलिक परम्परा र चरित्र भएको उल्लेख गर्दै अब बन्ने सबै संघीय प्रदेशलाई बहुजातीय र समानुपातिक समावेशी सहभागितामा लाग्नुपर्ने बताए ।