तेक्वान्दोको सर्वोच्च संस्था डब्लुटिएफ अध्यक्ष डा.चो नेपालमा

dr-chungwon-chowकाठमाडौं । तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) का अध्यक्ष डा.चोङवन चो नेपाल आइपुगेका छन् ।

पाँच दिने नेपाल भ्रमणका लागि आएका चो लगायत टोलीको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष हरिश्वर पोख्रेल, महासचिव दिपराज गुरुङ, केन्द्रिय सदस्य, विभिन्न डोजाङका प्रमुख र खेलाडीलगायतले स्वागत गरेका थिए ।

भ्रमणका दौरान उनले तेक्वान्दोका विभिन्न गतिविधिका बारेमा अध्ययन गर्नेछन् । चोले त्यसबिच गौतम बुद्धको जन्मस्थान लुम्बिनी र स्वंयम्भुनाथको दर्शन एवं भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

चोलाई नेपाल तेक्वान्दो सघंले विश्वमा तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै विशेष अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । चोले नेपालमा रहँदा वरिष्ठ राजनैतिक व्यक्तित्व र सरकारको उच्च पदाधिकारीहरूसंग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको सघंले जनाएको छ ।

दोस्रो पटक नेपाल भ्रमणमा आएका अध्यक्ष चो कात्तिक ९ गतेसम्म नेपालमा रहनेछन् । भूकम्पबाट प्रभावित क्षेत्रका लागि डब्लुटिएफको तेक्वान्दो ह्युमेनीटेरिन फाउन्डेसन अन्र्तगत राहत वितरण कार्यक्रमका लागि चो गत माघमा नेपाल आएका थिए ।