काठमाडौं । पाकिस्तानविरुद्धको व्हीलचेयर क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ ।
मलेसियामा पहिलो पटक भइरहेको व्हीलचेयर सिरिजमा पाकिस्तानसँग भारत १४८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
व्हीलचेयर टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १५ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएको थियो । पहिलो खेलमा नै पाकिस्तानका अजहर अलीले शतक बनाए ।
जवाफमा भारतीय टोल १४ ओभरमा मात्र ६७ रनमा अलआउट भयो । मलेसियाई क्रिकेट संघको सहयोगमा यो सिरिजको भारतीय व्हीलचेयर क्रिकेट संघ र पाकिस्तान व्हीलचेयर क्रिकेट संघले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
प्रतियोगिता शनिबारसम्म चल्नेछ । तीन खेलको शृंखलाको फाइनल खेल शनिबार हुने छ ।