चुनावी परिणाम स्वीकार नगर्ने ट्रम्पको संकेत

चुनावी परिणाम स्वीकार नगर्ने ट्रम्पको संकेत

clinton-trump-split-large_transएजेन्सी । आगामी नोभेम्बर ८ मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावी परिणाम स्वीकार नगर्ने संकेत गरेका छन् ।

बिहीबार बिहान भएको राष्ट्रपति चुनावको अन्तिम टेलिभिजन बहसका क्रममा रिपब्लिकन उम्मेदवार ट्रम्पले चुनावको नतिजा स्वीकार गर्ने वा नगर्ने समयमा भर पर्ने बताए ।

यसअघि नै चुनावमा धाँधली हुन सक्ने आशंका गरेका थिए ।

बहसको क्रममा चुनावको नतिजा स्वीकार गर्नुहुन्छ भनि सोधिएको प्रश्नमा ट्रम्पले स्वीकार गर्छु नभनेर ‘म यसलाई त्यही समयमा हेर्ने छु’ भन्ने जवाफ दिएका हुन् ।

अन्तिम बहसको क्रममा रुस, आप्रवाशन, अर्थतन्त्र, महिला अधिकार, बन्दुक नियन्त्रणसहितका मुद्दामा दुवै उम्मेदवारले आआफ्नो भनाई राखेका थिए ।

लस भेगासमा भएको बहसमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले महिला तथा पछि परेका समुदायलाई माथि ल्याउने विषयमा जोड दिइन् । बहसका क्रममा क्लिन्टनले रुससँग ट्रम्पको साँठगाँठ रहेको आरोप लगाइन् ।

यस्तै ट्रम्पले आफ्नो एक ¥यालीलाई भएको हिंसामा क्लिन्टन र राष्ट्रपति बाराक ओबामा जिम्मेवार रहेको आरोप लगाए । ट्रम्पले महिलामाथि यौन हिंसा गरेको भन्दै आफूमाथि लागेका सबै आरोप निराधार रहेको दाबी गरे ।