बस र ट्रक ठोक्किँदा ३ को मृत्यु, १३ घाइते

बस र ट्रक ठोक्किँदा ३ को मृत्यु, १३ घाइते

accidentसिराहा । सिराहाको मिर्चैयामा यात्रुवहाक बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसमा सवार भारत सिक्किमकी ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ की ३५ बर्षीय ननुका राई रहेका छन् ।

गएराति साढे १२ बजे मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको यात्रुबाहक बस र ना ३ ख ४१३० नम्बरको ट्रक आपसमा ठोक्किदा अन्य १३ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको छ ।

सामान्य घाइते भएका अन्य ९ जनाको स्थानीय रेखा नर्सिङ्गहोममा उपचार भईरहेको छ ।