बार्सिलोनासँग सिटीको लज्जास्पद हार, मेस्सीको ह्याट्रिक

बार्सिलोनासँग सिटीको लज्जास्पद हार, मेस्सीको ह्याट्रिक

messi_rexकाठमाडौं । च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीले बार्सिलोनासँग लज्जास्पद हार बेहोरेको छ ।

लियोनल मेस्सीको ह्याट्रिकसँगै सिटी बार्सिलोनासँग ४–० ले पराजित भएको हो । बार्सिलोनाको जितमा थप गोल नेयमारले गरे ।

बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको म्यान्चेस्टर सिटीले एकपछि अर्को गल्ती गर्न पुग्दा हार बेहोर्नु परेको हो ।

सिटीको प्रशिक्षक बनेपछि ग्वार्डिओला पहिलो पटक नाउ क्याम्पमा पुगेका हुन् ।

चोटमुक्त भएर फर्किएका मेस्सीले खेलको १७ औं मिनेटमा नै सिटीका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा डिबक्स एरियाबाहिर हातले बल रोकेपछि सिटीका गोलकिपर ब्राभो रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

बार्सिलोनाका लागि खेलको ६१ औं र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे भने ८९ औं मिनेटमा नेयमारले गोल गरे । ८७ औं मिनेटमा मेस्सीलाई फल गरेपछि पाएको पेनाल्टीमा भने नेयमार गोल गर्न असफल भए ।