काठमाडौं । व्यवस्थापिका–संसदको बैठक आगामी आइतबार सम्मका लागि स्थगित भएको छ ।
विशेष कारणबस भन्दै संसद सचिवालयले संसद बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
बिहीबारको बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा छलफलको दिन र समय तोक्ने कार्यसूची थियो ।