यसकारण स्थगित भयो सभामुख घर्तीको जेनेभा भ्रमण

यसकारण स्थगित भयो सभामुख घर्तीको जेनेभा भ्रमण

onsari-ghartiकाठमाडौं । सभामुख ओनसरी घर्तीको जेनेभा भ्रमण अचानक स्थगित भएको छ ।

अन्तर व्यवस्थापिका संसद सम्बन्धी बैठकमा सहभागी हुन सभामुख घर्ती शुक्रबार जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीको जेनेभा जाने कार्यक्रम स्थगित भएको हो ।

महाअभियोगको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद बैठक समेत आइतबार सम्मका लागि स्थगित भइसकेको छ ।

नेताहरुबीच छलफल आवश्यक रहेको भन्दै विहीबार बस्ने भनिएको संसद बैठक बस्दै नबसी स्थगित गरिएको हो ।