काठमाडौं । अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको दोस्रो राष्ट्रिय भेला मंसिर ११ र १२ गते बुटवलमा हुने भएको छ ।
मोर्चाको पाल्पाको तानसेनमा सम्पन्न भएको बैठकले बुटवलमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।
भेलाले राष्ट्रिय भेला सम्पन्न गर्न मोर्चाका संयोजक भीम श्रीसमगरको संयोजकत्वमा भेला मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको संयोजक श्रीसले जानकारी दिए ।
राष्ट्रिय भेलाको अवसरमा मोर्चाले आर्थिक अभियान, जिल्ला अधिवेशन, सम्मेलन, भेला, बैठक, प्रतिनीधि–प्रर्यवेक्षक चयन, जनभेटघाट, पर्चा वितरण लगायतका गतिविधिलाई अगाडि बढाउंने निर्णय गरेको श्रीसले बताए ।
मोर्चाका संयोजक श्रीसको अध्यक्षतामा भएको भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य एवं अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राई, पार्टीका केन्द्रीय सदस्य निलबहादुर पुन लगायतले आफ्नो धारणा राखेका थिए ।