एनआरटी ‘ए’ डिभिजनमा बढुवा

प्रकाशित मिति : २०७३ आश्विन १९

footballकाठमाडौं । न्युरोड टिम (एनआरटी) ए डिभिजनमा बडुवा भएको छ ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सातदोबाटो युवा क्लबलाई पराजित गर्दै एनआरटी ‘ए’ डिभिजनमा बडुवा भएको हो ।

हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा भएको आफ्नो अन्तिम खेलमा एनआरटीले सातदोबाटोलाई २–० गोलअन्तरले पराजित गर्दै पुनः ‘ए’ डिभिजनमा बढुवा भएको हो ।

अन्तिम खेलमा बराबरी भए पनि बढुवा हुने अवस्थामा रहेको एनआरटीले अन्ततः स्पष्ट जित निकाल्यो । १३ खेल खेलेको एनआरटीले २८ अंक जोड्यो ।

एनआरटीका लागि दुवै गोल विश्वजित गुरुङले गरे । यसअघि आफ्नो एक खेल अगावै च्यासल युवा क्लब ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।