काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अमेरिकास्थित वासिंगटन डिसीमा विश्व बैंकको साधारणसभामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
उपप्रधानमन्त्री महराले यही असोज २० देखि २३ गतेसम्म हुने विश्व बैंकको साधारणसभा भाग लिने र उनले नेपालका तर्फबाट आगामी असोज २० गते साधारणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यहाँ रहँदा अर्थमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका लागि थप अन्तर्राष्ट्रिय आर्थिक सहयोग जुटाउने, द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्नेछन् ।
अर्थमन्त्री महराका साथमा नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपाल, अर्थसचिव शान्तराज सुवेदी र प्रमुख स्वकीय सचिव शर्मा समेत अमेरिका गएका छन् ।