अध्यारोलाई चिर्दै उज्यालोको खोजीमा
लम्कन्छन् क्रान्तिकारीहरू
अप्ठयारोलाई सप्ठ्यारोमा बदल्दै
अगाडि बढ्छन क्रान्तिकारीहरू
हजार पहाड चढ्न
हजार जंघार तर्न
डराउँदैनन् क्रान्तिकारीहरू
यो धर्तीमा
जहाँ पुग्छन् त्यहीँ
बनाउँदछन् आफना मित्रहरू
जुन आगनमा टेक्तछन्
त्यही आगनलाई
क्रान्तिकारी भूमिमा
बदल्छन् क्रान्तिकारीहरू
व्यक्तिगत स्वार्थ र सुखसुविधाबाट
मुक्त हुन्छन् क्रान्तिकारीहरू
शत्रुका गोली र बन्दुक देखि
डराउदैनन् क्रान्तिकारीहरू
देश र जनतालाई आवश्यक परे
मृत्युवरण गर्न
तयार हुन्छन् क्रान्तिकारीहरू
मृत्यु त सुन्दर जीवन हुन्छ
क्रान्तिकारीहरूका लागि
मृत्यु त सगरमाथामा भन्दा
उच्च हुन्छ
क्रान्तिमा लाम्बद्ध भएकाहरूका लागि
मृत्युलाई सुन्दर जीवनमा बदल्ने
साहस हुन्छ क्रान्तिकारीहरूमा
आँट र जोस विनाको
हुदैन क्रान्तिकारी
लक्ष्य र उद्देश्यविनाको
हुदैन क्रान्तिकारी
जीवनलाई सहीदमा बदल्ने
आँट हुन्छ क्रान्तिकारीहरूमा
मृत्यु भित्र पनि जीवन देख्ने
सपना हुन्छ क्रान्तिकारीहरूमा
देश दुनीया बदल्ने एक मात्र
आँट हुन्छ क्रान्तिकारीहरूमा
त्यसैले त
तिनीहरू आँटिला क्रान्तिकारी हुन्
देश र जनताको लागि
मर्न र गर्न तयार हुन्छन्