संगठनको नाम प्रयोग भएकोमा क्रान्तिकारी पत्रकार महासंघको आपत्ति

संगठनको नाम प्रयोग भएकोमा क्रान्तिकारी पत्रकार महासंघको आपत्ति

Federation of Revolutionary Journalistकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार महासंघले आफ्नो संगठनसँग एकता भएको भनेर भ्रम फैलाइएकोप्रति आपत्ति प्रकट गरेको छ ।

हालै भएको माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टरको सम्मेलनलाई क्रान्तिकारी पत्रकार महासंघसँगको एकता भएको भनेर भ्रम छर्न खोजिएको भन्दै महासंघले आपत्ति प्रकट गरेको हो ।

महासंघका महासचिव केशरमणि कटुवालले एक विज्ञप्ति जारी गर्दै २४ साउन, २०७३ मा क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन पश्चात इन्द्र राउतको नेतृत्वमा निर्माण भएको महासंघको सिंगो केन्द्रीय समिति क्रियाशील रहेको उल्लेख गरेका छन् ।

‘हाम्रो संगठनप्रति भ्रम फैलाउने गलत मनसायले एकतामा नाम जोडेर हाम्रो संगठनको अस्तित्वमाथि धावा बोलिएकोमा गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौं । क्रान्तिकारी पत्रकार महासंघमा आबद्ध रहेका केही साथीहरु हाम्रो संगठन छाडेर प्रेस सेन्टरमा समाहित हुन गएपनि महासंघका अधिकांश केन्द्रीय सदस्यहरु अझैपनि क्रान्तिकारी पत्रकार महासंघमा नै क्रियाशील रहेको पनि जानकारी गराउँन चाहन्छौं,’ कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै क्रान्तिकारी पत्रकार महासंघका विषयमा फैलाउन खोजिएको भ्रममा नपर्न पनि महासंघले सबैलाई अनुरोध गरेको छ ।