बद्नाम नगर्न क्रान्तिकारी यातायात मजदुर संघको चेतावनी

बद्नाम नगर्न क्रान्तिकारी यातायात मजदुर संघको चेतावनी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघले हालै काठमाडौंमा भएको ट्याक्सी आन्दोलनमा आफ्नो संगठनको नाम मुछेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

आफूहरुले गर्दै नगरेको आन्दोलनमा असोज १३ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा आफ्नो संगठनको नाम मुछिएकोमा संघका अध्यक्ष जितबहादुर राईले आपत्ति प्रकट गरेका हुन् ।

उनले ट्क्यासी आन्दोलनमा आफ्नो संगठनको संलग्नता नरहेको पनि स्पष्ट पारेको छ । आफूलाई ठूला सञ्चारगृह भनाउनेहरुले नै हचुवाको भरमा समाचार सम्प्रेसण गरेकोमा उनले आश्चर्य प्रकट गरेका छन् ।

आन्दोलनमा राजावादी र माओवादी केन्द्रका केही व्यक्तिले संगठनलाई बदनाम गराउन खोजेको उनको भनाई छ ।

आफूहरुले मागपत्र पेश गर्ने तयारी गरिरहँदा केही व्यक्तिले समग्र मजदुरको हितमा भन्दा पनि घरायसी माग राखी आन्दोलित गराइएकोले यसको कुनै तुक नरहेको बताए ।