सिन्धुपाल्चोकमा पहिरोमा पुरिदा एकैघरका ३ को मृत्यु

सिन्धुपाल्चोकमा पहिरोमा पुरिदा एकैघरका ३ को मृत्यु

constant-fear-of-landslipचौतारा । लगातारको वर्षापछि आएको पहिरोमा परि सिन्धुपाल्चोकमा एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा परी राम्चे ७ पुराना गाउँका रामकुमार तिमल्सिना, उद्धव तिमल्सिना र उनकी श्रीमती सम्झना तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान करिब ३ बजेतिर आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

पहिरोले पुरीएका मध्ये रामकुमारको शव फेला परेको छ भने अन्य दुई जनाको पहिरोबाट शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दियो ।

पहिरोले पुरीएका अन्य दुइ जनाको भने स्थानीयले उद्धार गरेका थिए ।