mao_tse_tung

कम्युनिस्ट आन्दोलन आफैंमा एउटा अन्तर्राष्ट्रिय आन्दोलन हो । संसारका सबै कम्युनिस्ट एउटै मार्गनिर्देशनलाई पछ्याएर अगाडि बढ्दछन्, त्यो हो : माक्र्सवाद–लेनिनवाद–माओवाद । उनीहरुको एउटै लक्ष्य हुन्छ कम्युनिज्म वा साम्यवाद । यसलाई छोटकरीमा साम्यवाद भनिए पनि यो वास्तवमा विश्वसाम्यवाद नै हो । यो लक्ष्यमा एक्लै पुग्न सकिन्न । यिनै लक्ष्य आदर्शबाट अगाडि बढ्ने भएको हुनाले कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय आन्दोलन भनिएको हो । त्यसैले एउटा सच्चा कम्युनिस्ट हरहमेसा अन्तर्राष्ट्रियतावादी हुनु पर्दछ । सच्चा अन्तर्राष्ट्रवाद के हो, त्यसबारे लेनिनले यसप्रकार प्रस्ट पार्नु भएको छ  : “सच्चा अन्तर्राष्ट्रवाद एउटा र केवल एकै किसिमको मात्र हुन्छ र त्यो हो – आफ्नो देशको क्रान्तिकारी आन्दोलन, क्रान्तिकारी सङ्घर्षका निमित्त दिलोज्यानले काम गर्नु र बिनाअपवाद हरेक देशका सङ्घर्षलाई (प्रचार, सहानुभूति र भौतिक सहयोग)द्वारा समर्थन गर्नु ।”

सर्वहारा अन्तर्राष्ट्रवादकाबारेमा रिमको घोषणा पत्रमा भनिएको छ :  “हरेक देशका माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको टुकडीका रुपमा निर्मित हुनु पर्दछ र साम्यवादका निमित्त विश्वव्यापी रुपमा चलिरहेको सङ्घर्षमा एउटा अंशका रुपमा, त्यसको अधीनस्त हुँदै सङ्घर्षलाई अघि बढाउनु पर्दछ । पार्टीले आफ्ना पङ्क्तिलाई र वर्गीय रुपमा सचेत श्रमिकहरु र क्रान्तिकारी जनतालाई सर्वहारा अन्तर्राष्ट्रियतावादको स्पिरिटमा अन्तर्राष्ट्रवाद भनेको एक देशका सर्वहाराले अर्को देशका सर्वहारालाई समर्थन गर्ने विषय मात्र होइन कि, त्यो भन्दा महत्वपूर्ण कुरा, सर्वहारा वर्ग विश्वव्यापी रुपमा एउटै वर्गीय स्वार्थका लागि काम गर्ने, साम्राज्यवादी विश्वव्यवस्थाको सामना गर्ने वर्गको रुपमा अभिव्यक्तहुने तथ्यलाई स्वीकार्नुका साथै समग्र मानवजातिकै मुक्तिका लागि कामगर्ने यसको कार्यभार हो भन्ने शिक्षा दिनु पर्दछ ।”

यसको अर्थ हो एउटा कम्युनिस्ट पार्टी र कम्युनिस्टका दुईवटा जिम्मेवारी हुन्छन् ः एउटा आफ्नो देशमा क्रान्ति सम्पन्न गर्नु र अर्को विश्वक्रान्ति सम्पन्न गर्नका लागि सकेसम्म सबै प्रकारका योगदान पु¥याउनु । त्यसकारण, हामी कम्युनिस्टहरु विश्वकम्युनिस्ट आन्दोलनप्रति अत्यन्तै सचेत र इमानदार हुनु जरुरी छ ।

जतिबेलासम्म हामी नेपालमा जनयुद्धको प्रक्रियाद्वारा नयाँ जनवादी क्रान्तिलाई अघि बढाइरहेका थियौं, त्यतिबेलासम्म हामी विश्वकम्युनिस्ट आन्दोलनप्रति निकै चासो लिने र त्यसप्रति योगदान पु¥याउन हर हमेशा तयार रहने गर्दथ्यौं । हामीले नेपालको नयाँ जनवादी क्रान्तिलाई विश्वक्रान्तिको एउटा अङ्गका रुपमा बुझ्ने गरेका थियौं, जुन कुरा एकदमै सही थियो । त्यतिखेर हाम्रो पार्टीले “रिम कमिटी”को जिम्मेवारी पाएको थियो । त्यसका निमित्त पार्टीले नेतृत्व र कार्यकर्ताको एउटा महत्वपूर्ण टिमलाई त्यो कार्यभार पूरा गर्नका लागि जिम्मेवारी दिएको थियो । त्यतिखेर वास्तवमा “रिम”का सम्पूर्ण कार्यभार सञ्चालनमा महत्वपूण भूमिका तत्कालीन नेकपा (माओवादी)ले खेलेको थियो भन्ने कुरा रिममा भएका सबै पार्टीलाई थाहा छ । त्यतिखेर विश्वकम्युनिस्ट आन्दोलन र विश्वस्तरमै क्रान्तिकारीहरुका बीच पार्टीको छवि एकदमै उच्च थियो ।

तर, पार्टी र क्रान्तिको “नेतृत्वमा रहेका” प्रचण्ड–बाबुराम मण्डलीले पार्टीलाई नै ढाँटछल गर्दै धोखा दिएर भारतीय विस्तारवादी शासकसँग आत्मसमर्पण गरी उनीहरुकै गोटीका रुपमा कामगर्न तयार भए, त्यसलाई पूरा गर्नका लागि गोप्य योजना बनाई क्रान्तिलाई नै विसर्जन गर्ने उद्देश्यका साथ २०६३ साल मंसिर ५ गते ९ल्यखझदभच द्दज्ञ, द्दण्ण्ट० तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी) पार्टीका अध्यक्ष प्रचण्डका बीचमा “विस्तृत शान्ति–सम्झौता”मा हस्ताक्षर भएको रहेछ भन्ने कुरा अहिले आएर स्पष्ट भयो । त्यसपछि योजनाबद्ध रुपमा पार्टीलाई विश्वक्रान्ति सम्बन्धी अध्ययन र गतिविधिबाट अलग गराउने काम भयो । “रिम” आज जसरी निस्कृय र करिव विघटनको अवस्थामा पुगेको छ, त्यसको निमित्त प्रचण्ड–बाबुराममा देखा परेको नवसंशोधनवादी विचलन र पछिल्लो चरणमा उनीहरुले खेलेको नकारात्मक भूमिका प्रमुख रुपमा जिम्मेवार छ, यद्यपि आर्.सि.पी, अमेरिकाको “बब् अवाकिन्को नयाँ संश्लेषण” र त्यसलाई रिमलाई निर्देशन गर्ने सिद्धान्तका रुपमा लागु गर्ने प्रयास पनि यसका लागि जिम्मेवार छ । क्रान्तिको नेतृत्व गरिरहेको पार्टीमा हुने प्रतिक्रान्तिले विश्व कम्युनिस्ट आन्दोलनलाई कति घातक असर पार्दो रहेछ भन्ने कुराको यो राम्रो उदाहरण हो । आज विश्व कम्युनिस्ट आन्दोलनको विषयमा चर्चा गरिरहँदा हामीले विगतको यो तीतो अनुभवबाट शिक्षा लिनु जरुरी छ ।

विश्वक्रान्तिको सफलता र असफलताको श्रृङ्खला

may_day_2013_05-f

विश्वकम्युनिस्ट आन्दोलनको इतिहासलाई अवलोकन गर्दा यो आन्दोलन विभिन्न देशमा सम्पन्न क्रान्ति र प्रतिक्रान्तिका बीचबाट अघिबढेको स्पष्ट देख्न सकिन्छ । सन् १८७१ मा सम्पन्न पहिलो मजदुर क्रान्ति “पेरिस कम्युन”ले जुन उत्साह पैदा गराएको थियो, त्यहाँ भएको प्रतिक्रान्तिले त्यो क्रान्तिलाई केवल ७२ दिनमै समाप्त पा¥यो । त्यसपछि यो विश्वमा अर्को कम्युनिस्ट क्रान्ति सम्पन्न हुन ४६ वर्ष लाग्यो । रुसमा महान् लेनिनले नेतृत्व गर्नु भएको रुसी कम्युनिस्ट पार्टीको नेतृत्वमा सन् १९१७ मा पहिलो वैज्ञानिक सिद्धान्त र सचेत योजनामा आधारित अक्टुबर समाजवादी क्रान्तिले संसारभर यति ठूलो प्रभाव पा¥यो कि विश्वका कैयौं देशमा कम्युनिस्ट पार्टीहरु धमाधम बन्ने र क्रान्तिकारी आन्दोलनहरु अघि बढाउने काम तिव्रतामा अघि बढ्न थाले । क. माओले सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको प्रमुख कारण रुसी समाजवादी क्रान्तिको चीनमा परेको सकारात्मक प्रभाव भएको कुरा उल्लेख गर्नु भएको छ । सन् १९४९ मा माओले नेतृत्व गर्नु भएको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको सफलताले त विचार र राजनीति मात्र होइन भूगोल र जनसङ्ख्याको हिसाबले पनि विश्वलाई नै ठूलो प्रभाव पार्न सफल भयो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनामा पनि चिनियाँ क्रान्तिको सफलताको ठूलो प्रभावपरेको कुरा त हामीलाई थाहा नै छ । यी सफलताले विश्वराजनीतिमा यति ठूलो प्रभाव पा¥यो कि कोरिया, क्युबा, भियतनाम, अल्बानिया आदि देशहरुमा पनि ती देशका कम्युनिस्ट पार्टीहरुको नेतृत्वमा क्रान्ति सम्पन्न भए । रुसको जबर्जस्त प्रभावका कारण पूर्वी यूरोपका धेरै देशहरुमा समाजवादी व्यवस्था कायम भयो । यसप्रकार विश्वमा समाजवादी क्याम्प शक्तिशाली बन्दै गयो । साम्राज्यवादी क्याम्प धरासायी हुँदै गयो । यो संसार विश्वसाम्यवादतिर तीव्र गतिमा अघि बढ्दै गयो । यसबाट माक्र्सवादले व्याख्या गरेको र विश्वभरीका कम्युनिस्टहरुले स्थापित गर्न चाहेको साम्यवाद कल्पना नभएर वास्तविकता रहेछ भन्नेकुराको पुष्टि हँदै गयो ।

विश्वक्रान्तिमा ठूलो धक्का : कारण आन्तरिक

यसप्रकार विश्वक्रान्ति तीव्रताका साथ अघि बढिरहेको, विश्वसाम्राज्यवादले विश्वस्तरमै पराजयको सामना गरिरहेको र विश्वसमाजवादले साम्यवादतिर कदम बढाइरहेको अवस्थामा सोवियत सङ्घको कम्युनिस्ट पार्टीभित्र त्यस पार्टीका महामन्त्री निकिता ख्रुश्चेवको नेतृत्वमा सन् १९५६ मा पार्टीको २० औं महाधिवेशनमा पार्टीले रङ्ग बदल्यो । उक्त महाधिवेशनमा रुसमा भएको समाजवादी क्रान्तिका एकजना शीर्ष नेता, समाजवादका निर्माता, विश्वकम्युनिस्ट आन्दोलनका नेता जोसेफ स्तालिनमाथि व्यक्तिगत लाञ्छना, आरोप र आक्रमण सँगसँगै कम्युनिज्मका आधारभूत सिद्धान्त र नीति पनि परित्याग गर्ने निर्णय गरियो । ख्रुश्चेवले वर्गसङ्घर्षका ठाउँमा वर्गसमन्वय, विश्वसाम्यवादका ठाउँमा रुसलाई शक्तिशाली बनाउने, साम्राज्यवादका बिरुद्ध विश्व क्रान्तिलाई अघि बढाउनुको सट्टा साम्राज्यवादसँग शान्तिपूर्ण प्रतिस्पर्धा गर्ने, बल प्रयोगद्वारा समाजवादी सत्ताको स्थापनाको सट्टा संसदीय व्यवस्थामा बहुमत हासिल गरेर शान्तिपूर्ण तरिकाद्वारा समाजवादको स्थापना गर्ने, विश्वका कम्युनिस्ट पार्टीहरुका बीचमा एकता होइन फुटको सिर्जना गर्ने, समाजवादी राष्ट्रहरुका बीचमा समानताको होइन ठूलो दाजु र सानो भाइको जस्तो सम्बन्ध राख्ने, कम्युनिस्ट पार्टीहरुबीच भएका अन्तर्विरोधको समाधान “एकता–सङ्घर्ष–झन् उच्चस्तरको एकता”को सिद्धान्त विपरीत फुटकोे नीतिको अनुशरण गर्ने जस्ता माक्र्सवाद विरोधी संशोधनवादी नीति, सिद्धान्त र व्यवहार अघि सारेर विश्वकम्युनिस्ट आन्दोलनमा फुट पैदा गराए र समाजवादी रुसलाई एउटा राजकीय पुँजीवादमा आधारित पुँजीवादी रुसमा रुपान्तरण गरे । विश्व कम्युनिस्ट आन्दोलनका लागि यो एउटा ठूलो धक्का थियो । विश्व समाजवादी क्रान्तिका विरुद्ध यो एउटा ठूलो प्रतिक्रान्ति भयो ।

समाजवादी रुसमा भएको यो प्रतिक्रान्तिले विश्व समाजवादी क्रान्तिका लागि ठूलो धक्का साबित भयो । सोभियत सङ्घको कम्युनिस्ट पार्टीमा आएको यो विचलन अर्थात् यसको संशोधनवादमा भएको पतनले विश्व कम्युनिस्ट आन्दोलनमा विभाजन मात्र खडा गरेन, यसको विसर्जनमा समेत ठूलो नकारात्मक भूमिका खेल्यो । क. माओले रुसको कम्युनिस्ट पार्टीलाई सही ठाउँमा ल्याउन र विश्व कम्युनिस्ट आन्दोलनमा एकता कायम गर्नका लागि धेरै ठूलो प्रयास गर्नु भयो । तर, ती प्रयासले सार्थकता प्राप्त गर्न सकेनन् । अन्तमा, सोभियत सङ्घको कम्युनिस्ट पार्टी एउटा पुँजीवादी पार्टीमा बदलियो र समाजवादी रुस पछि गएर एउटा सामाजिक साम्राज्यवादी रुसमा परिणत भयो ।

यदि रुसमा पुँजीवादको पुनस्र्थापना नभएको भए, सोवियत सङ्घको कम्युनिस्ट पार्टीले रङ्ग नबदलेको भए, आज विश्व कम्युनिस्ट आन्दोलन कति माथि उठिसकेको र विश्व समाजवादी क्रान्तिले कति विकास गरिसकेको हुने थियो, त्यो अब केवल परिकल्पनाको विषय मात्र रहन गएको छ । यसबाट हामीले सही किसिमको शिक्षा भने लिनु जरुरी छ । त्यो शिक्षा के हो भने विश्व कम्युनिस्ट आन्दोलनले छैटौं दशकमा जुन ठूलो धक्का खानु प¥यो, त्यसकोे क्षतिपूर्ति अहिलेसम्म पनि हुन सकेको छैन । त्यसको कारण साम्राज्यवादी वा अन्य कुनै बाह्य शक्तिको आक्रमणबाट समाजवाद पराजीत भएर होइन कि स्वयम् सोभियत सङ्घको कम्युनिस्ट पार्टीको नेतृत्वमा आएको विचलन र भड्काउको आन्तरिक कारणबाट पैदा भएको थियो । यसबाट हरेक देशका कम्युनिस्ट पार्टीहरुले आफ्नै पार्टीमा देखापर्ने विचलन र भड्काउप्रति चनाखो हुनु पर्ने शिक्षा लिन सकिन्छ, किनकि कम्युनिस्ट आन्दोलनमा प्रतिक्रान्तिको मुख्य खतरा भित्रैबाट हुने गर्दछ ।

विश्वक्रान्ति अघि बढाउन माओको भूमिका

उपरोक्त स्थितिमा विश्वकम्युनिस्ट आन्दोलन र विश्वक्रान्तिलाई अघि बढाउने कामको नेतृत्व क.माओको काँधमा आयो । समाजवादी रुस सामाजिक साम्राज्यवादी रुसमा परिणत भएपछि समाजवादी चीनसँग त्यसको सम्बन्ध शत्रुतापूर्ण बन्न गयो । अर्कातिर, स्वयम् चिनियाँ कम्युनिस्ट पार्टीभित्रै संशोधनवाद जबरजस्त रुपमा देखाप¥यो । चिनियाँ संशोधनवादीहरुले रुसी सामाजिक साम्राज्यवादीहरुसँग साँठगाँठ गरी चीनमा पुँजीवादको पुनस्र्थापना गर्ने प्रयास गरिनै रहे । यसप्रकारका चुनौतीहरुको सामना गर्नु परेको अवस्थामा माओले सहज रुपमा विश्वक्रान्तिलाई नेतृत्व दिन सक्ने वातावरण बनेन । तथापि, वहाँले रुसी संशोधनवादका विरुद्ध जसरी महाविवाद सञ्चालन गरेर विश्वका कम्युनिस्टहरुलाई यसको धातक पक्षका विषयमा सचेत बनाउनु भयो, विश्वकम्युनिस्ट आन्दोलनमा संशोधनवादका विरुद्ध क्रान्तिकारी माक्र्सवादी धारा स्थापित गराउनु भयो र एक सीमासम्म त्यसलाई पराजित गर्नु भयो, त्यसलाई माओको धेरै ठूलो योगदान मान्नु पर्दछ ।
दोस्रो अन्तर्राष्ट्रियमा अवसरवादीहरुको बहुमत भएपछि अन्ततः त्यसको विगठन भयो । रुसमा समाजवादी क्रान्ति पूरा भएको दुई वर्षपछि (सन् १९१९मा) लेनिनको नेतृत्व र सकृयतामा तेस्रो अन्तर्राष्ट्रियको गठन भयो । तेस्रो अन्तर्राष्ट्रियकै माध्यमद्वारा लेनिनले विश्वसर्वहारा क्रान्तिको सकृय रुपमा नेतृत्व गर्नु भयो । द्वितीय विश्वयुद्धका बेला फासीवादलाई पराजित गर्नका लागि साम्राज्यवादीहरुसँग स्तालिनको अगुवाइमा जुन “फासिवादविरोधी संयुक्त मोर्चा” बनाइयो, जसको त्यतिखेर ठूलो आवश्यकता थियो, त्यसमा साम्राज्यवादीहरुले “कोमिण्टर्नको विगठन”लाई सर्तकारुपमा अघि सारे । त्यस प्रकारको विशिष्ट स्थितिमा तेस्रो अन्तर्राष्ट्रियको विगठन स्तालिन कै पहलमा भएको थियो । त्यसपछि, अर्को नयाँ अन्तर्राष्ट्रिय बनाउने पहल माओद्वारा हुनु पर्दथ्यो त्यो किन हुन सकेन ? भन्ने प्रश्न उठाउने गरिन्छ । यसबारे माथि जुन जटिलताको कुरा गरिएको छ, त्यस बाहेक त्यतिखेरका समाजवादी राष्ट्र उत्तर कोरिया, भियतनाम, क्युवा आदिको नेतृत्व गरिरहेका ती देशका कम्युनिस्ट पार्टीको भूमिका यस सन्दर्भमा सकारात्मक रहेन । तिनीहरुले या त मध्यमार्गी लाइन लिए वा माओको पक्षमा भन्दा बढी ख्रुश्चेव तिरै ढल्किए । यस प्रकारको स्थितिमा अन्तर्राष्ट्रियको गठन जटिल बन्न गएको कुरा बुझ्न सकिन्छ । नयाँ अन्तर्राष्ट्रियको गठन नगरिए पनि माओको जीवनकालमा चीन कम्युनिस्ट पार्टी विश्व कम्युनिस्ट आन्दोलनको केन्द्र बन्यो र माओले विश्व कम्युनिस्ट आन्दोलनको सर्वोच्च नेताको भूमिका खेलिनै रहनु भयो ।

क.माओपछिको अवस्था

सन् १९७६ मा माओको निधन भएपछि विश्वकम्युनिस्ट आन्दोलन केन्द्र विहीन र नेताविहीन बन्न पुग्यो । कम्युनिस्ट आन्दोलन रणनीतिक रक्षाको स्थितिमा पुग्यो । सन् ’९० को दशकमा “सोभियत समाजवादी गणतन्त्र सङ्घ”को विघटन पश्चात् विश्वमा अति महाशक्ति राष्ट्र अमेरिकामात्र रहन गयो । त्यसपछि विश्वमा झण्डै अमेरिकी साम्राज्यवादको रजाईं नै चल्ने स्थिति पैदा भयो । एकधु्रवीय विश्वको स्थितिको सिर्जना भयो । यसप्रकारको अवस्थाबाट हौसिएको अमेरिकी साम्राज्यवाद झन् बढी आक्रामक बन्न पुग्यो । यसले कम्युनिस्टहरुलाई मात्र होइन, पुँजीवादी तथा मझौला र साना साम्राज्यवादी देशलाई समेत असुरक्षा र चुनौती खडा ग¥यो । यसबाट कम्युनिस्ट आन्दोलनभित्रैका कायर र अवसरवादीहरुले समेत अमेरिकालाई अपराजेय शक्तिका रुपमा व्याख्या गर्दै अब क्रान्तिको युग नै समाप्त भएकोजस्ता व्याख्या–विश्लेषण पेस गर्न थाले ।

यस्तो प्रतिकूल अवस्थामा पनि सच्चा कम्युनिस्टहरु हार स्वीकार गर्न र आत्मसमर्पण गर्न तयार भएनन् । सन् ’८० को दशकदेखि पेरु कम्युनिस्ट पार्टीकोे नेतृत्वमा सञ्चालित जनयुद्ध निरन्तर अघि बढिनै रह्यो, फिलिपिन्स कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेको जनयुद्ध पनि आफ्ना सीमासहित चलिनै रह्यो, भारतमा भारतीय कम्युनिस्ट पार्टी (माले) (पिपुल्स वार) र माओवादी कम्युनिस्ट केन्द्र (अहिले ती दुबै मिलेर भा.क.पा. (माओवादी) बनेको छ) ले पनि भारतका विभिन्न क्षेत्रमा छापामार युद्ध सञ्चालन गरिनै रहे । हामीले पनि नेपालमा विभिन्न स्वरुपका सङ्घर्षलाई अघि बढाउँदै जनयुद्धको तीव्ररुपमा तयारी गरिनै रह्यौं ।

यसप्रकार, क्रान्तिकारी आन्दोलन, जनयुद्ध, सशस्त्र सङ्घर्षहरु चलिरहेका छन् । यो धेरै उत्साहजनक पक्ष हो । तर, सन् ’७० को दशकदेखि यता कुनै पनि देशमा क्रान्ति पूर्ण हुन सकेको छैन । जुन देशमा क्रान्ति सम्पन्न भएका थिए, त्यहाँ पनि प्रतिक्रान्ति भएका घटनाहरुका विषयमा माथि नै चर्चा गरिसकिएको छ । यसका साथै निम्न पुँजीवादी अधैर्यताका शिकार भएका कतिपय कम्युनिस्टहरु “कम्युनिज्मको भविश्य छैन”, “माक्र्सवाद अब असान्दर्भिक भैसक्यो” भन्ने साम्राज्यवादी दुस्प्रचारबाट प्रभावित हुँदैै क्रान्तिको बाटोबाट पलायन हुने र आत्मसमर्पणको बाटो ग्रहण गर्ने क्रम पनि अघि बढ्यो ।

यस अवस्थामा हामी कम्युनिस्टहरुले विश्व कम्युनिस्ट आन्दोलनका दुईवटा शिक्षालाई स्मरण गर्नु आवश्यक छ । पहिलो, विश्वसाम्यवाद र विश्वसाम्राज्यवादका बीचको यो लडाईं विश्व स्तरमा लडिने लडाईं हो । यो लडाईं निश्चितरुपमा हार र जीत, क्रान्ति र प्रतिक्रान्तिका बीचबाट अघि बढ्दछ । यो कुरा निश्चित हो कि क्रान्तिपछि आन्तरिक कारणबाट हुने प्रतिक्रान्तिका कारण पत्ता लगाएर, पुनः त्यस प्रकारका दुर्घटना हुन नदिनका लागि हामी सबैले गम्भीर प्रकारले अध्ययन गरेर समाधान निकाल्ने प्रयत्न गर्नु पर्दछ । कुनै मोर्चामा हार्दैमा विचलित भएर भाग्ने कायरता कम्युनिस्टहरुले देखाउनु हुँदैन । दोस्रो, सन् १८७१ मा सम्पन्न “पेरिस कम्युन”को ७२ दिनमा पराजय भएपछि संसारमा कम्युनिस्टहरुले ४६ वर्ष सम्म कुनै पनि देशमा क्रान्ति सम्पन्न गर्न सकेनन् । सन् १९१७ मा गएर रुसमा युगान्तकारी संसार नै थर्काउने समाजवादी क्रान्ति सम्पन्न भयो । अहिले कम्युनिस्टहरुका अगाडि उपस्थित चुनौती निश्चितरुपमा त्यतिखेर लेनिनहरुले भोग्नु भएका र सामना गर्नु भएका चुनौतीका तुलनामा कमै छन्, बढी छैनन् । हामीले यतिखेर महान नेताहरु – माक्र्स, लेनिन र माओका जीवनी र रुसी, चिनियाँ र अन्य देशका क्रान्तिको इतिहासलाई पुनः अध्ययन गर्नु र त्यहाँबाट प्राप्त अनुभवबाट प्रशिक्षित हुनु आवश्यक छ ।

गम्भीर चुनौती र उज्ज्वल सम्भावना

chinese_flag_communism_ap_world

जुनबेला हामीले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै विश्वक्रान्तिलाई अघि बढाउने कार्यभार पुरा गर्नु परिरहेको छ, निश्चय पनि यो बेला त्यति सहज र सजिलो छैन । यो निश्चितरुपमा चुनौतीपूर्ण कार्यभार हो । यसका साथै यो महान् काम पनि हो । माथि उल्लेख गरिसकिएको छ कि यतिखेर विश्वकम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । समाजवादी क्याम्प नै समाप्त भैसकेको छ । साम्राज्यवादले सिर्जना गरेका “भूमण्डलीकरण”र “उदारिकरण”को नीति अघिसारेर साम्राज्यवादी र विस्तारवादीहरुले आफ्नो नवऔपनिवेशीकरण गर्ने अभियानलाई तीव्रता दिएका छन् । यसका निमित्त उनीहरुले वित्तीय पुँजीको विस्तारका साथै उत्पीडित राष्ट्रका राजनीतिक पार्टीका नेताहरुलाई आफ्ना एजेण्ट बनाएर तथा विभिन्न नाममा “गैर सरकारी संस्थाहरु” ९ल्न्इ, क्ष्ल्न्इक० मार्फत् आफ्नो प्रभावलाई गाउँ–गाउँ र देशका कुना कुनामा विस्तार गरिरहेका छन् । यस अवस्थामा क्रान्तिको तयारी गर्ने र क्रान्ति सम्पन्न गर्ने काम पहिले जस्तो सहज र सरल छैन, अत्यन्त पेचिलो छ ।

तर, परिस्थितिको अर्को पक्ष, क्रान्तिका लागि अनुकूल पक्ष पनि छ । यतिखेर विश्व एक ध्र्रुवीय होइन, बहु ध्रुवीय भएको छ । अमेरिकी साम्राज्यवादको हस्तक्षेपको सामना गर्नका लागि अन्य साम्राज्यवादी र अन्य शक्तिशाली राष्ट्रहरुले विभिन्न किसिमका अन्तर्राष्ट्रिय मोर्चावन्दी निर्माण गरिरहेका छन् । यसको अर्थ हो साम्राज्यवादी शक्तिहरु, शक्तिशाली राष्ट्रहरुका वीचको अन्तर्विरोध चर्किदैगएको छ । यो क्रान्तिकारी आन्दोलनको विकासका लागि राम्रो पक्ष हो । अर्को महत्वपूर्ण पक्ष के छ भने साम्राज्यवादी राष्ट्रहरु सन् २००६ देखि सुरु भएको आर्थिक संकटबाट अहिलेसम्म पनि मुक्त हुन सकेका छैनन् । कतिपय कमजोर साम्राज्यवादी देशहरु जस्तो कि ग्रीस, इटाली आदि आर्थिक रुपमा धरासायी हुने अवस्थामा पुगेका छन् भने स्पेन पनि टार्न कठिन पर्ने गम्भीर आर्थिक सङ्कटसँग जुधिरहेको छ । चीन, ब्राजिलजस्ता देशलाई यो आर्थिक सङ्कटले त्यति प्रभावित पार्न नसकेको हुनाले ती देशले साम्राज्यवादी देशलाई आर्थिक विकासमा छिटै उछिन्ने सम्भावना बढेको छ ।

लामो समयदेखि सबै सँग “समन्वय” गर्ने र एकपक्षीय रुपमा “आर्थिक विकास”मा मात्र जोड दिइरहेको चीन यतिखेर अमेरिकी साम्राज्यवादको निसानामा पर्दै गएको छ । दक्षिण चिनियाँ सागरमा अवस्थित ससाना टापुमाथिको स्वामित्वका विषयलाई लिएर चीन र जापानका बीच परिरहेको चर्को विवादमा अमेरिकाले जापानलाई चीनका विरुद्ध उचाल्ने काम गरिरहेको छ । अमेरिकाको रणनीति चीनलाई चारैतिरबाट घेरा हाल्ने नै रहेको छ । केही दिन अघिमात्र अमेरिकास्थित भारतीय दुतावासकी एकजना कुटनयीकलाई कानुनी कारवाही गर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय कुटनीतिक मर्यादाविपरीत गरिएको व्यवहारबाट अमेरिका र भारतका बीचमा जुन तनाव देखा प¥यो त्यसले दुई देश बीचको साँठगाँठमा केही बाधा उत्पन्न भएको छ ।

यसका साथै, संसारका विभिन्न देशमा माओवादी सङ्गठनहरु बन्ने प्रक्रिया बढेको छ । अहिले नै तिनीहरुबाट ठूलो कुराको अपेक्षा गर्न नसकिए पनि विश्वभरि क्रान्तिको प्रचार र साम्राज्यवाद र क्रान्तिविरोधी शक्तिको भण्डाफोरमा तिनीहरुको भूमिकाले सकारात्मक महत्व राख्दछ ।

राज्यद्वारा नेतृत्वको ठूलो क्षति भएका कारण उत्पन्न गम्भीर समस्यासँग लामो समयदेखि जुद्धै आएको भा.क.पा.(माओवादी) केही समय पहिले छत्तीसगढ कारवाहीको सफलतापश्चात् नयाँ आत्मवलकासाथ अघि बढिरहेको देखिन्छ । यसका साथै भारतको पूर्वोत्तर राज्य, खासगरी मणिपुरमा केन्द्र सरकारको उत्पीडनका विरुद्ध जनता ठूलो सङ्ख्यामा उत्रिनु एउटा नयाँ विकास हो । दार्जिलिड.मा अलग गोरखा राज्यको आन्दोलन व्यापक जनसहभागितासहित अघि बढिरहेको छ । साम्राज्यवादविरोधी शक्तिहरु विभिन्न ब्यानरमा सङ्गठित भैरहेका छन् । यदाकदा ती सङ्गठनको आह्वानमा विभिन्न ठाउँमा, खासगरी जी–७ राष्ट्रका प्रतिनिधिको बैठक बसेको बैठकस्थलमा, ठूला जनप्रदर्शनहरु पनि हुने गरेका छन् ।

नेपालमा विदेशी शक्तिहरुले आफ्नो हित साधनका निमित्त तिनीहरुको गोटीका रुपमा कामगर्ने राजनीतिक पार्टीका नेता, एन्.जी.ओ., “मानव अधिकारवादी”,“नागरिक समाज” आदिको ब्यानरमा साम्राज्यवादीहरुले दिएको धनबाट सञ्चालित हुने संस्थाहरु कार्यरत छन् । तिनीहरुले आफ्ना दलाल पार्टीहरुलाई गोटीका रुपमा प्रयोग गर्दै, सेना परिचालन, सर्बोच्च अदालतको परिचालन, २६ देशका राजदूतहरुको संयुक्त वक्तव्यसहित संविधानसभाको कथित दोस्रो निर्वाचन “सम्पन्न” पश्चात् अहिले नयाँ अन्तर्विरोधहरु पैदा भएका छन् । निर्वाचनको समानुपातिक प्रणालीलाई नै गम्भीर चुनौती खडा ग्््र्ने र त्यसको उपहास गर्ने गरी ठूलो रकम लिएर समानुपातिकको सीट बिक्री गर्ने र आफ्नै परिवारका मानिसलाई सिफारिस गर्ने घटनाहरु सतहमा आएपछि निर्वाचनमा भाग लिने दलहरु भित्र अन्तर्विरोध यति चर्को देखिएको छ कि त्यसको परिणाम स्वरुप कतिपय पार्टीहरु विभाजित भैसकेका छन्, कतिपय पार्टीहरु विभाजनको सँघारमै उभिएका छन् । यी हरफ लेखिँदासम्म यो प्रायोजित निर्वाचन पछि बनेको “दोस्रो संविधानसभा”को आह्वान र उद्घाटन राष्ट्रपतिले गर्ने कि मन्त्रिपरिषद्को निर्णयमा त्यसका अध्यक्ष खिलराज रेग्मीले गर्ने भन्ने विषयमा निकै रस्साकस्सी चलिरह्यो । हामीले यो प्रायोजित “निर्वाचन”लाई सकृय र सशक्त बहिष्कार गर्ने सङ्घर्षलाई सफलतापूर्वक अघि बढाएपछि हाम्रो पार्टीका एजेण्डाहरु स्थापित भएका छन् । यस दौरानमा देशैभरि सञ्चालित सङ्घर्षले सम्भावित आगामी सङ्घर्षका लागि एउटा सानुतिनु रिहर्शलको काम गरेको छ । पार्टीलाई सही नीति भएको मात्र नभएर साँच्चै महत्वपूर्ण शक्तिसमेत भैसकेको रुपमा सर्बत्र लिने गरेको अनुभूति भएको छ । राष्ट्रिय स्वाधिनताको रक्षा, जनसंविधान र जनजीविकाको ग्यारेण्टीका लागि पार्टीले अघि बढाउने सङ्घर्षका लागि अनुकूल वातावरण तयार बन्दै गएको देखिन्छ । यसप्रकार, क्रान्तिलाई अघि बढाउनका लागि उज्ज्वल सम्भावनाहरु पनि स्पष्ट रुपमा सतहमा देखापरेका छन् ।

अन्तर्राष्ट्रिय तयारीको महत्व

1907bk1-g

नेपाली क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न प्रकारका तयारीहरु पूरा गर्नु पर्दछ । केही समयदेखि पार्टीले अन्तर्राष्ट्रिय तयारीलाई पनि यसमा जोडेको छ । हाम्रो बुझाई के छ भने अन्तर्राष्ट्रिय पक्षको तयारीबिना नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्न । अन्तर्राष्ट्रिय तयारीमा मुलतः तीन किसिमका तयारी पर्दछन् । पहिलो, सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्तका आधारमा संसारभरका मालेमावादी पार्टीहरुसँग भाइचारा सम्बन्ध कायम गर्दै सङ्गठनात्मक रुपमै ऐक्यबद्धता कायम गर्नु । दोस्रो, नेपाल राष्ट्र, नेपाली जनता र नेपाली क्रान्तिको पक्षमा संसारका विभिन्न देश र सरकारहरुसँग कूटनीतिक सम्बन्ध स्थापित गर्नु र तिनको विकास गर्नु । तेस्रो, साम्राज्यवाद र विस्तारवादबिरोधी शक्तिहरुका बीचमा विश्वस्तरमा वा क्षेत्रीय स्तरमा संयुक्त मोर्चा बनाएर सङ्घर्षका संयुक्त कारवाहीहरु सञ्चालन गर्नु ।

हाम्रो पार्टीले विगतमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा खेलेको महत्वपूर्ण भूमिकाबारे माथि चर्चा भैसकेको छ । खासगरी पार्टी “शान्ति प्रक्रियामा प्रवेश” गरेपछि हाम्रो त्यो भूमिका कम हुँदै गयो । पार्टीमा दुईलाइन सङ्घर्ष चल्नुका साथै नवसंशोधनवादीहरुसँग सम्बन्ध विच्छेद गरी ने.क.पा.–माओवादीको पुनर्गठनसम्म आइपुग्दा हामीले पार्टीका आन्तरिक विषयहरुमा नै बढी ध्यान केन्द्रीत गर्नु परेको हुनाले अन्तर्राष्ट्रिय काममा आवश्यक ध्यान दिन सकेनौं । अब यो कमीलाई पूरा गर्न पार्टी केन्द्रीय समितिको बैठकले यस काममा सकृय रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । आगामी दिनमा हाम्रो पार्टी यस दिशामा अग्रसर हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर