विरोधकाबीच माकेको पत्रकार अध्यक्षमा दाहाल

maheshwarकाठमाडौं । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको पहिलो महाधिवेशनमा प्रतिनिधिहरुको विरोधका बाबजुद महेश्वर दाहाललाई अध्यक्ष घोषित गरिएको छ ।

आधा दर्जन बढी अध्यक्षका आकांक्षी देखिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले महेश्वरलाई अध्यक्ष बनाउन निर्देशन दिएका थिए । अध्यक्ष दाहालले महेश्वरलाई अध्यक्ष बनाउन निर्देशन दिएपछि बन्दसत्रमा होहल्ला मच्चिएको थियो । दाहाल दश वर्षअघि भएको क्रान्तिकारी पत्रकार संघको पनि अध्यक्ष थिए ।

दाहालको अध्यक्षतामा ९९ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरिए पनि विवादका कारण अन्य पद भने खाली छाडिएको छ । दाहाल नेतृत्वको कार्यसमितिमा असन्तुष्टि जनाउँदै केही प्रतिनिधिहरु होहल्ला गर्दै बन्दसत्रबाट बाहिरिएका थिए ।

अध्यक्षमा बलराम थापा, विष्णु सापकोटा, सचिन रोका, दीपक मैनाली, दिपेन्द्र रोकाया लगायतले दाबी गरेका थिए ।