क्रान्तिकारी ट्रेड यूनियन महासंघद्वारा विधेयकविरुद्ध संघर्षको आव्हान

क्रान्तिकारी ट्रेड यूनियन महासंघद्वारा विधेयकविरुद्ध संघर्षको आव्हान

काठमाडौं, १५ असोज

ishwor-timilsinaक्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक इश्वर तिमिल्सिनाले एक विज्ञप्ती जारी गर्दै १३ असोजमा व्यवस्थापिका संसदले पारित गरेको औद्योगिक व्यवसा विधेयक मजदुरवर्गको राजनैतिक तथा पेशागत अधिकारमाथि गम्भीर आक्रमण गरिएको भन्दै विधेयक खारेजीका निम्ति विभिन्न ट्रेड यूनियनहरु तथा मजदुरहरुलाई संघर्षका निम्ति आव्हान गरेका छन् ।

संयोजक तिमिल्सिनाले पारित विधेयकले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरहरुले श्रम ऐनको आधारमा उपभोग गर्दै आएको संगठित हुने, मागहरु राख्ने र सामुहिक सौदावाजी गर्ने सामान्य व्यावसायिक हक समेत खोसेर उद्योगपतिहरुको तानाशाही शोषणलाई कानुनी रुपले बाटो खोलिदिएको छ भन्दै भनेका छन्, “हामी मजदुररुले उठाउँदै आएको मजदुर पक्षीय श्रम ऐन निर्माण तथा पारित विधेयक खारेजीको निम्ति संघर्ष गर्न विभिन्न ट्रेड यूनियनहरु तथा मजदुरहरुलाई आव्हान गर्दछौं ।”