धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

धादिङ । धादिङको उत्तरी मार्पाक गाविसमा यात्रुबस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुर्घटनामा परी गमभीर घाइते भएका ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये १३ पुरूष र ४ जना महिला रहेको उनले बताए । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ६ जनालाई डाइनेष्टिक एयरको हेलिकप्टरबाट उद्दार गरी काठमाडौं ल्याइएको छ । दुर्घटनास्थलमा अहिले शव संकलन कार्य भइरहेको छ ।

मंगलबार बिहान ७ बजे धादिङ सदरमुकामबाट धादिङबेसीबाट बस बिहान साढे ११ बजे दुर्घटनामा परेको हो । कच्ची बाटो र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।