विश्व पर्यटन दिवस औपचारिकतामै सीमित

विश्व पर्यटन दिवस औपचारिकतामै सीमित

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात अन्तर्राष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।

‘सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसको अवसरमा मंगलबार बिहान राजधानीमा प्रभातफेरीको आयोजना गरिएको छ ।

सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

दिवसका अवसरमा प्रभातफेरीपछि नेपाल पर्यटन बोर्डमा औपचारिक समारोहको आयोजना गरिनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउने पहिलो विमानबाट आउने पर्यटकलाई विशेष स्वागत गरिएको थियो ।

पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा आउने पहिलो एक वा जोडी पर्यटकलाई पाँच तारे होटलमा एक रात निःशुल्क बास सहित खानाको व्यवस्था गरिएको छ ।