काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले पक्राउ परेको पार्टी नेता कार्यकर्ता रिहा गर्न माग गर्दै शनिबार सिठ्ठी जुलुस प्रदर्शन गर्ने भएको छ ।
दिउँसो तीन बने रत्नपार्क शान्तिबाटिकामा सिठ्ठी जुलुस प्रदर्शन गरिने क्रान्तिकारी माओवादी नेवाः राज्य समितिका इन्चार्ज दिनेश शर्माले जानकारी दिए ।
शुक्रबार रिहाईको माग गर्दै एक घन्टा चक्काजाम गर्ने क्रममा प्रहरीले शर्मासहित १३ जना नेतालाई पक्राउ गरेको थियो । आइतबार क्रान्तिकारी माओवादीले उपत्यका बन्दको आव्हान गरेको छ ।
प्रहरीले क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवकुमार यादव, अखिल (क्रान्तिकारी) का सहसंयोजक राम नेपाली, महेश श्रेष्ठ, दीपेन्द्र सुनुवारलाई प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखेको छ ।