काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य शिवराम यादव सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बागबजारस्थित अखिल (क्रान्तिकारी) को केन्द्रिय कार्यालयबाट पूर्वसाभासद समेत रहेका यादवसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी) का सहसंयोजक राम नेपाली, केन्द्रिय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र सुनुवार रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको छ । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले आफ्ना पार्टीका नेता तथा कार्यकर्ता पक्राउको कडा शब्दमा निन्दा गरेका छन् ।
क्रान्तिकारी माओवादीले आफ्ना निर्दोष नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै विरोध जनाएको हो । उनीहरुलाई तत्काल रिहान गर्न पनि आग्रह गरेको छ ।