काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहालले नयाँ दिल्लीस्थित हैदरावादहाउसमा पुगेर भारतीय समकक्षी मोदीसँग भेट गरेका हुन । दाहाल र मोदीबीच वान टु वान र प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता हुनेछ ।
यसअघि प्रधानमन्त्री दाहालसंग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेट वार्ता गरेकी थिइन् ।
दाहालसँग हुने मोदीको भेटका क्रममा भारत सरकारले संविधान निर्माणलाई भारतले उपलब्धीको रुपमा व्याख्या गर्ने, वर्तमान सरकारले मधेसी र थारु समुदायका माग सम्बोधन गर्ने र संविधान संशोधन जति छिटो भयो त्यति नै संविधान कार्यान्वयनमा सहजता हुने उनले संकेत गरेकी छन्
भारतीय राष्ट्रपति निवासमा आयोजित रिसेप्सनमा सहभागी भई प्रधानमन्त्री दाहाल मोदीसँगको भेटका लागि हैदरावाद हाउस पुगेका हुन् । उनलाई भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा स्वागत गरेका थिए ।