दिल्लीमा पार्कमा बसेका दुई युवतीमाथि सामूहिक बलात्कार

dilli-gang-rapeएजेन्सी । दिल्लीको अमनबिहार थापाक्षेत्रमा दुई युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई गिरफ्तार गरिएको छ ।

पक्रा परेकामध्ये चार जना नाबालिग समेत सामेल छन् । प्रहरीले मेडिकल रिपोर्टमा सामूहिक बलात्कार भएको पुष्टि भएको जनाएको छ ।

पार्कमा आफ्ना साथीहरुसँग बसिरहेको समयमा उनीहरुमाथि सामूहिक बलात्कार भएको थियो । दिल्लीमा महिलाको सुरक्षाको विषय जहिले पनि प्रश्नको रुपमा रहँदै आएको छ ।

सन् २०१२ मा एक बसमा भएको चर्चित सामूहिक बलात्कारको घटनापछि कडा कानुन बनाइएपनि घटनामा कमी आउन सकेको छैन ।