कञ्चनपुर । कञ्चनपुरमा भारतीय प्रहरीले हतियारसहित नेपाल प्रवेश गरी घर खानतलासी गरेका छन् ।
गएराति कञ्चनपुरको बेलौरी नगरपालिका १४ भुडामा बर्दीमा नै हतियारसहित नेपाल आएका तीन जना र सादा पोसाकमा आएका एक जना भारतीय प्रहरीले घर खानतलासी गर्ने क्रममा पक्राउ परेका हुन् ।
हतियारसहित आएका भारतीय प्रहरीले स्थानीय झुपबहादुर शाही र थिरबहादुर शाहीको घरमा मोटरसाइकल चोरी गरेर ल्याएको आरोप लगाउँदै खानतलासी गर्ने र ज्यादती गर्न थालेपछि स्थानीयले पक्राउ गरी प्रहरी चौकी बेल्डाडीमा बुझाएका हुन् ।
उनीहरु चारैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखिएको छ । घटनाबारे माथिल्ला निकायमा खबर गरिसकिएको र माथिल्लो आदेशबाटमात्रै छाड्ने कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जनाएका छन् ।