एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेमाथि डाभाओ शहरको मेयर भएका समयमा न्याय विभागका एक एजेन्टलाई गोली हानी हत्या गरेको आरोप लागेको छ ।
इडगार माटोबाटो नामका एक स्वघोषित ‘डेथ स्क्वाड’ सदस्यले राष्ट्रपतिमाथि सो आरोप लगाएका हुन् । गैरन्यायिक हत्यासम्बन्धमा संसदको माथिल्लो सदनमा बयान दिदैं उनले यस्तो खुलासा गरेका हुन् ।
संसदको माथिल्लो सदन सिनेटले सो हत्याकाण्डको छानविन गरिरहेको छ ।
डुटेर्तेले आफू र अरुलाई २५ वर्ष लामो अवधिमा करिब हजार अपराधी वा राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न अह्राएको माटोबाटोले बताएका हुन् ।
तर डुटेर्तेका प्रवक्ता मार्टिन अनडानरले भने सो आरोपका खण्डन गरेका छन् । डाभोओ डेथ स्क्वायड नामक कुख्यात समूहले सयौं मानिसको हत्या गरेको बताईदै आएको छ ।
सो समूहले लागू औषध बेच्ने, बलात्कारीहरु, लुटेराजस्ता अपराधीको हत्या गर्ने काम गर्दथ्यो ।