काठमाडौं । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा इग्लिस क्लब म्यान्चेस्टर युनाईटेडले खराब सुरुआत गरेको छ ।
बिहीबारराति भएको खेलमा युनाईटेड नेदरल्याण्डको फेयनुर्डसँग १–० ले पराजित भएको हो ।
नेदरल्याण्ड्समा भएको खेलमा घरेलु टोली फेयनुर्डलाई विजयी गराउन टोनी भिल्हेनाले ७९ औं मिनेटमा निर्णायक गोल गरे ।
म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोजे मउरिन्होले गत शनिबार सम्पन्न प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग पराजित टोलीमा रहेका सुरुवाती एघार खेलाडीमा ८ जना परिवर्तन गरी नयाँ टोलीलाई फेयर्नुड विरुद्ध मैदानमा उतारेका थिए ।
उता अर्को इङिलस क्लब साउथह्याम्पटनले भने चेक गणतन्त्रको स्पार्टा प्रागलाई ३–० ले हराउँदै युरोपा लिगमा विजयी सुरुवात गरेको छ । साउथह्याम्पटनका लागि चार्ली अष्टिनले दुई तथा रोड्रिग्वेजले एक गोल गरे ।
युरोपा लिग फुटबलका अन्य खेलमा अष्ट्रियाको र्यापिड भिएना, रुसको जेनीथ, ग्रिसको ओलम्पियाकोस, बेल्जियमको एन्डरलेच्ट, जर्मनीको साल्का र स्पेनको भिल्लारियल विजयी भएका छन् ।