काठमाडौं । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार महत्वपूर्ण भेटघाट गर्दैछन् ।
प्रधानमन्त्री दाहालले आजै भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
त्यसअघि प्रधानमन्त्री दाहाल बिहान ९ बजे राष्ट्रपति भवनमा भारतीय सेनाले दिने गार्ड अफ अनरमा सहभागी हुनेछन् ।
राष्ट्रपति भवनबाट सिधै उनी महात्मा गान्धीको समाधिस्थलमा गएर दीप प्रज्जवलन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मादीबीच बिहान साढे ११ बजेदेखि १२ बजेसम्म हैदराबाद हाउसको डेकेन स्विटमा आधा घन्टा छुट्टै वार्ता र त्यसपछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता हुँदैछ ।
दिउँसो १ बजेपछि दुई पक्षीय विभिन्न सम्झौता हुने कार्यक्रम रहेको छ ।